जनताको गुनासाे सम्बाेधन गर्न अनुगमन टिम गठन


काठमाडौं।  कोभिड–१९ अनुगमन समितिले दुई वटा केस अनुगमन गर्न टिम गठन गरेको छ । ४ जेठमा बसेको समितिको बैठकले ५–५ सदस्सीय दुई टिम गठन गरेको हो । दुई वटा टिमले संक्रमितहरुलाई बेड, प्रेस्क्रिब्सन, अक्सिजन आदिको स्थलगत अनुगमन गरी समितिमा प्रतिवेदन बुझाउनु पर्ने छ।

अनुगमन समितिले गठन गरेको टिम ‘क’ मा प्रा.डा. नारायण विक्रम थापा, डा. सुभीत मास्के, विन्दा घिमिरे, कुमार थापा र ई. आषिश चौहान रहेका छन् ।

टिम ‘ख’ मा डा. लोचन कार्की, डा. मोहन श्रेष्ठ, प्रज्वलजंग पाण्डे, हेमराज दाहाल र ई. सुरेश श्रेष्ठ रहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com