वीर अस्पतालमा चिकित्सकले नै बिरामीलाई अक्सिजन किनाए


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल आफैले अक्सिजनको व्यवस्था नगरेर बिरामीलाई किनाएको पाइएको छ । त्यति मात्रै हैन निको भएका बिरामीलाई जवर्जस्त वीर अस्पताल बाहिरको आइसियुमा लैजानु भनेर समेत टचर दिनेगरेको खुल्न आएको छ ।

सरकारले तीन दिन अगाडी मात्रै एक विज्ञप्ती जारी गरी बिरामीलाई अक्सिजन किन्न नलगाउनु भन्दै सार्वजनिक सुचना जारी गरेको थियो । तर, वीर अस्पतालका चिकित्सकले त्यसलाई विवास्ता गरेका छन् । एक हप्ता अघि कोरोना संक्रमण भएर वीर अस्पताल भर्ना भएका एक ४८ वर्षका पुरुषलाई वीर अस्पतालका चिकित्सकले अक्सिजन सिलिण्डर मात्रै किनाएनन् बाहिर आइसियुमा लैजान समेत पटक पटक दवाव दिए ।

बिरामीका भन्जा रामहरी सिवाकोटीका अनुसार डा किशोरले बाहिर आइसियुमा लैजा भनेर अनावश्यक टचर दिइरहेका छन् । ‘उहाँ २७१ नम्बर वेडमा उपचाररत हुनुहुन्छ । अहिले धेरै सुधार भएको छ, सिवाकोटीले भने, ‘अक्सिजनको मात्रा पनि ९५ पुगेको छ । तर, उपचार गर्ने चिकित्सकको पटक पटकको टचरले गर्दा उहाँलाई थप समस्या हुने अवस्था आएको छ ।’

वीर अस्पतालको वाल पाइपमा नियमीत अक्सिजन सप्लाइ हुदैन । पुरानो पाइप भएकाले बिच बिचमा अक्सिजन अवरुद्ध हुन्छ । वीर अस्पतालमा १ सय भन्दा बढी सिलिण्डर थन्किएर बसेका छन् तर, बिरामीले खाली सिलिण्डर समेत नपाएर २० हजार रुपैयाँ धरौटी राखी किन्नु परेको छ । अस्ति एउटा ल्यायौँ बुधबार थप अर्को ल्याएका छौं भन्जा सिवाकोटीले भने ।

हामी जस्ता गरिबको एउटै चाहना हो, सरकारी अस्पताल भएकाले यही अक्सिजन दिएर उपचार गरौं । तर, उपचार गर्ने डाक्टर किशोरले केही दिन देखि अन्य अस्पतालको आइसियुमा लैजान टचर दिइरहनु भएको छ । यो समय हामीले उहाँबाट आस गरेको बाहिर आइसियु कही छैन, तपाईलाई यही अस्पतालमा ठिक हुन्छ भन्नु हुन्छ भन्ने थियो । तर, डा किशोरले हिजो पनि बाहिर आइसियुमा लैजा, आजपनि आइसियुमा लैजा भनिरहनु भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##Bir hospital

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com