वीपीमा अक्सिजनको अभावले बिरामीको मृत्यु भएको छैन


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजनको कुनै पनि समस्या नभएको प्रतिष्ठानले जनाएको छ । प्रदेश नम्बर एकमा चार वटा अक्सिजन उद्योग संचालनमा छन् । पर्याप्त अक्सिजन हुदा हुदै केही संचार माध्यमले प्रतिष्ठानको बदनाम गर्ने मात्रै हैन मृत्युसँग लडिरहेका बिरामीलाई समेत त्रसित पार्ने खालका भ्रामक समाचार प्रकाशीत गरेको भन्दै प्रतिष्ठानले आपत्ती जनाएको छ ।

बिहिवार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले बाहिर आएको जस्तो अक्सिजन अभाव भएर अस्पतालमा बिरामीको मृत्यु नभएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि प्रदेश एक मा पर्याप्त अक्सिजन उत्पादन भएको बताएको छ । राजधानिमा अक्सिजनको चरम अभाव भएका बेला सरकारले प्रदेश एक बाट अक्सिजन आयात गर्दै आएको छ ।

प्रदेश एकमा ठुला अस्पतालको संख्या न्युन भएकाले अक्सिजनको कुनै कमी नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर उत्पादन भएको अक्सिजन सिलिण्डर मध्ये लुम्बिनी प्रदेश पछि प्रदेश एक हो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यका बाहिर प्रदेश एकमा २ हजार ४ सय ३४ सिलिण्डर दैनिक चार उद्योगले भर्दै आएका छन् । त्यस्तै लुम्बिनीमा भने दैनिक २ हजार ६५० सिलिण्डर भर्ने क्षमता रहेको छ ।

प्रदेश एकमा चार वटा अक्सिजन उद्योगले ५० प्रतिशत मात्रै दैनिक सिलिण्डर भर्दै आएका छन् । त्यहाँ खपत नभएर मन्त्रालयले काठमाडौ समेत ल्याउन थालेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो अक्सिजन प्लान्ट समेत संचालनमै रहेकाले अक्सिजनको अभाव नभएको बताएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना महामारीको समयमा अस्पताल र बिरामीको मनोबल उच्च बनाउनु पर्नेमा निहित स्वार्थले भ्रामक समाचारहरु प्रकाशीत गरी बिरामीको समेत मनोबल गिराउने कार्यमा नलाग्न प्रतिष्ठानले सबैमा अपिल गरेको छ । अस्पतालले ७ फेब्रअरी सन् २०१९ देखिनै नियमीत रुपमा अक्सिजन प्लान्ट संचालनमा रहेको बताएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com