स्वास्थ्यमा समस्या परे ११५६ मा चिकित्सकलाई सम्पर्क गरौँ


काठमाडौं ।  कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरुका लागि नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउण्डेसनले संयुक्तरुपमा निःशुल्क स्वास्थ्य परामर्श दिन कल सेन्टर संचालनमा ल्याएका छन् । कोरोना महामारीका कारण स्वास्थ्य सेवा पाउनबाट बन्चित भएका नागरिकको सहजताका लागि चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउण्डेसनले निःशुल्क स्वास्थ्य परामर्श दिन कल सेन्टर संचालनमा ल्याएका हुन्।

कुनै पनि व्यक्तिले स्वास्थ्यबारे जानकारी लिन ११५६ मा निशुल्क फोन गर्न सक्नुहुने छ । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म स्वास्थ्य परामर्श सेवा संचालन गरिने संघका अध्यक्ष डा लोचन कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार केही दिनपछि २४ सै घण्टा कल सेन्टर संचालन गरिने छ ।

हाल देशभर ओपिडि सेवा ठप्प छ । जटिल बाहेक अन्य सबै प्रकारका शल्यक्रिया सेवा समेत बन्द गरिएको छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर निशुल्क कल सेन्टर स्थापना गर्न मुख्यगरी अमेरिका नेपाल मेडिकल फाउण्डेसनले सहयोग गरेको छ ।

अमेरिका नेपाल मेडिकल फाउण्डेसनका अध्यक्ष डा भुपेन्द्र कुमार बस्नेतले कल सेन्टरको स्थापना गर्न फाउण्डेसनले २० लाख रुपैयाँ सहयोग गरेको बताए । उनका अनुसार उक्त रकम प्राविधिक तथा जनशक्ति व्यवस्थापनमा खर्च हुने छ । कल सेन्टर आगामी तीन महिना चल्ने छ अध्यक्ष बस्नेतले भने, यदी माग भएमा समय बढाउन सकिने छ ।

अध्यक्ष डा बस्नेतले सामखुसीको राधे सत्सघंमा सिसिएमसीले बनाएको आइसोलेसन सेन्टरको ८८ वटा वेडमा अक्सिजन जडान गरेको छ । उक्त अक्सिजन जडानका लागि ३५ लाख रुपैयाँ बराबर खर्च भएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनले सो आइसोलेसन सेन्टरमा लिक्विड अक्सिजन ट्याङ्क समेत जडान गर्ने बताएको छ ।

कल सेन्टर संचालनका लागि अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ॐ आदी फाउण्डेसनको संयुक्त आयोजनामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपाल टेलिकम, नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्य एवं कलस सर्भिस प्रालीको प्राविधिक सहयोग रहेको छ ।

कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेका र उनिहरुको सम्र्पकमा आई क्वारेन्टाइनमा बसेका चिकित्सक, स्वास्थ्यकर्मी एवं सम्पूर्ण नागरिकहरुलाई आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरण गर्ने प्रयोजनका लागि टेलिफोनिक स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको संघका महासचिव डा बद्री रिजालले बताए ।

नेपाल चिकित्सक संघले आफ्ना चिकित्सकहरुका लागि आइसोलेसन सेन्टर, खाना, एम्बुलेन्स र स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको छ । त्यस्तै आम नागरिकका लागि स्वास्थ्य परामर्श दिन कल सेन्टरको स्थापना गरेको छ । यता चिकित्सक र नागरिकको हक हितमा राज्यलाई सही रुपमा दवाव दिने काम पनि गरिरहेको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ##NMA

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com