समाजसेवी थापा द्वारा उपचारका लागि आर्थिक सहयोग
 
	
                                            भाेजपुर । जिल्लाको साल्पासिलिचुङ पाउँपालिका १ बस्ने १२ बर्षिय मदन कुमार राईकाे “बाेन म्याराे” प्रत्याराेपण गर्नुपर्ने भएकाे छ । बुबा मचिन्द्र राईका अनुसार खर्च धेरै लाग्ने भएकाले सहयोगका लागि अनुराेध गरेका छन् ।
बिरेन्द्र मावि ६ कक्षामा अभ्ययनरत मदनकाे उपचारका लागि अमेरिकामा रहेका समाजसेवी हेम एण्ड माया फाउन्डेसन नेपालले 20 हजार सहयाेग गरेका छन् । हेम थापा केही वर्षदेखि सामाजिक क्षेत्रमा सकृय छन् । उनले दुखमा परेका कयाै  नेपालीलाइ सहयाेग गर्दै आएका छन्। थापाले राईको स्वास्थ्य लाभको कामना गरेका छन् ।
अहिले सम्म विभिन्न ठाउँका अभियान्ताले  ३ लाख १५ हजार ८१८ रुपैयाँ सहयोग स्वरुप  जम्मा भएको छ । चिकित्सकले बताए अनुसार उनकाे शल्यक्रिया गर्न ३० लाख खर्च लाग्छ । विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत राईकाे आर्थिक अवस्था ज्यादै कमजाेर भएकाले सहयोगका लागि अपिल गरीएकाे छ । 

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस