दीपेन्द्रको पहलमा सिभिल हस्पिटललाई ४० लाखको स्वास्थ्य सामग्री दिने


काठमाडौं । बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा नयाँ बानेश्वरस्थित सिभिल हस्पिटललाई करिब ४० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने तयारी भएको छ ।
सांसद श्रेष्ठको पहलमा सिभिललाई च्वाइस ह्युमनिटेरियन संस्थाले कोरोना भाइरस संक्रमित बिरामीको उपचारको लागि अत्यावश्यकीय भेन्टिलेटर, अक्सिजन सिलिन्डर पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने भएको हो ।
सांसद श्रेष्ठ , च्वाइस ह्युमनिटेरियन संस्थाका निर्देशक प्रतीक शर्मा र सिभिल हस्पिटलका कार्यकारी निर्देशक प्राडा विधान निधी पौडेलबीच भएको छलफलमा उक्त संस्थाले उपलब्ध गराउने उपकरण र स्वास्थ्य सामग्रीको सूची तयार भइसकेको उनले जानकारी दिए ।
सिभिल अस्पतालमा भएको छलफलमा आवश्यकता हेरेर छिटो भन्दा छिटो स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने च्वाईस ह्युमनिटेरियन संस्थाका निर्देशक शर्माले प्रतिबद्धता व्यक्त गरेको बताउँदै सांसद श्रेष्ठले यसले अस्पतालमा आउने बिरामी र स्वास्थ्यकर्मीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे।

संसदले दिँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी योजना अन्तर्गत आगामी आर्थिक वर्षको बजेटमा विनियोजहुने रकममध्ये प्रदेशसभाबाट आफूले र प्रतिनिधिसभाबाट काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहको अस्पतालमा आवश्यक पर्ने मेडिकल सामग्री ,अक्सिजन प्लान्टलगायतमा आवश्यकतानुसार सहयोग गर्ने प्रतिबद्धतासमेत जानकारी गराएको सांसद श्रेष्ठको भनाइ छ ।

हाल बागमती प्रदेश सरकार मार्फत अस्पतालको शैय्या थप गर्न र भौतिक पूर्वाधार सुधारको लागि दुई करोड २५ लाख रूपैयाँ मात्र रकम दिईएको भन्दै उनले यस्तो बिषम परिस्थितीमा पनि प्रदेश सरकारबाट यति थोरै रकम उपलब्ध गराएकोमा असन्तुष्टि व्यक्त गरे ।

‘अहिले पनि सरकारले २० % पनि पूजीगत खर्च गर्न सकि .राखेको छैन, अरबौ रकम अवण्डामा राखेर ब्याकडोरबाट डोरमणि पौडेल पक्षको माननीयहरूको निर्बाचन क्षेत्रमा भौतिक पूर्वाधार कार्यक्रमको नाममा बितरण गरि दुरूपयोग भईरहेको छ’, सांसद श्रेष्ठले भने, ‘तर यस्तो संकटपूर्ण अवस्थामा समेत जनताको स्वास्थ्यलाभ गराउनका लागिसमेत सरकारी अस्पताललाई आर्थिक र भौतिक रूपले कमजोर बनाउनु भनेको मूर्खतापूर्ण कदम शिवाय केहि हुन सक्दैन। यो निन्दनीय विषय हो । प्रदेश सरकारले त्यो रकम तत्काल अस्पताललाई दिनुपर्छ ।’,

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com