प्रेमसागर कर्माचार्यले १६६ पटक गरे रक्तदान


काठामाडौं । स्वयंसेवी रक्तदाता प्रमेसागर कर्माचार्यले १६६ पटक रक्तदान गरेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा काठमाडौंका् २४ नम्बर वडामा भएको रक्तदान कार्यक्रममा कर्माचार्यले १६६ पटक रक्तदान गरेका हुन् ।

नेपालमा सबै भन्दा बढी रक्तदान गर्ने व्यक्ति पनि प्रेमसागर हुन् । उनले रक्तदानका माध्यमबाट कयौं नेपालीहरुको ज्यान बचाएका छन् ।

रगत दिउँ जगत सुरक्षित राखौँ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस जुन १४ को अवसरमा विश्व स्वास्थ्य संगठनले नारा तय गरिएको हो ।

कोरोना महामारीका कारण देशभर रगतको अभाव भएको छ । तर, स्यंमसेवी रक्तदाताहरुले देशका बिभिन्न स्थानबाट रक्तदान कार्यक्रम संचालन गरेर केही सहज बनाउने प्रयास गरिरहेका छन् ।

रक्तदान गर्दै प्रेमसागर कर्माचार्यले रक्तदान गर्न सबैलाई उत्प्रेरित गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com