अक्सिजन अभावले भएका आईसियु/भेन्टिलेटर पनि चलेनन्


काठमाडौं ।  देशमा आईसियु र भेन्टिलेटर नपाएर कोरोना संक्रमितको मृत्यु भइरहेको छ । अस्पतालमा आईसियु भेन्टिलेटर पाउन भर्ना भएको अर्को बिरामी मर्नुपर्ने अवस्था छ । तर, कतिपय अस्पतालमा भएका आईसियु भेन्टिलेटर पनि अक्सिजन नभएर चल्न सकेका छैनन् ।

स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार उपत्यकाका धेरै अस्पतालमा अक्सिजनको अभावले आइसियु र भेन्टिलेटर चलेका छैनन् । आईसियु भेन्टिलेटरमा पुगेका बिरामीले प्रति मिनेट २० लिटर भन्दा बढी अक्सिजन खाने भएकाले अस्पताललाई पु¥याउन समस्या भएको हो ।

ग्वार्कोमा रहेको ग्लोबल अस्पताललमा अक्सिजन अभावले ६ वटा आईसियु सोही मात्रामा भेन्टिलेटर प्रयोग विहिन भएका छन् । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार अक्सिजन नभएर बिरामी भर्ना गर्न सकिएको छैन । अस्पतालका एक चिकित्सकले भने, हामीसँग ६ वेड आईसियु र भेन्टिलेटर पूर्णरुपमा खाली छन् तर, बिरामीलाई भर्ना गरेर राख्दा अक्सिजन अभाव हुने डरले लिएका छैनौं ।

अस्पताललाई दैनिक १५ देखि २० सिलिण्डर अक्सिजन सरकारले उपलब्ध गराउदै आएको छ । यता बयोधा अस्पतालमा पनि सोही समस्या देखिएको छ । आईसियु वेड खाली छन् तर, अक्सिजन अभाव छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ अक्सिजन अभावमा धेरै अस्पतालमा आईसियु भेन्टिलेटर प्रयोगमा नआएको बताउँछन् ।

बिरामी भर्ना मात्रै गरेर हुदैन उनिहरुलाई बचाउन अक्सिजनको आवश्यकता पर्छ तर, नेपालमा भएका २७ उद्योगले उत्पादन गरेको अक्सिजनले धान्न सकेको छैन ।
तत्काल देशमा ५ लाख ६६ हजार ६ सय ६१ वटा अक्सिजन सिलिण्डर आवश्यक परेको छ । तर, भएका ८० हजार सिलिण्डर समेत भर्न सकिएको छैन ।

स्वास्थ्य मन्त्रालयले बताए अनुसार बैशाख, जेष्ठ र असार तीन महिनामा कोरोना संक्रमितका लागि ५ लाख ६६ हजार ६ सय ६१ वटा अक्सिजन सिलिण्डर आवश्यक पर्छ । यत्रो सिलिण्डर भर्ने क्षमता नेपालका उद्योगसँग छैन । त्यसैले सरकारले अक्सिजन प्लान्ट राख्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार जेठमा क्रिटिकल (आइसियु÷भेन्टिलेटर) ३ हजार २३ जना, जटिल अवस्थामा (एच.डी.यु) ७ हजार ५३ जना र मध्यम जटिल (साधारण अक्सिजन वेड) मा १० हजार ७५ जना गरी अक्सिजन चाहिने अनुमान छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##Ventiloter

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com