दन्त चिकित्सकलाई कोभिड १९ ब्यवस्थापन सम्बन्धी तालिम


काठमाडौं । कोरोना भाइरस कोभिड—१९ संक्रमणको ब्यवस्थापन बारे दन्त चिकित्सकलाई तालिम दिइएको छ । प्रादेशिक अस्पतालमा दन्त सेवाको विशेषज्ञ पहुँच पुगेको छैन । विशेषज्ञ दन्त चिकित्सक सेवालाई कोभिड बाट बचेर कसरी सेवा दिन सकिन्छ भनेर तीन दिने तालिम आयोजना गरिएको छ ।

स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखाले चितवनको भरतपुरमा तीन दिने तालिम संचालन गरेको छ । आँखा, नाक कान घाटी र मुख स्वास्थ्यप्रमुख डा. प्रकाश बुढाथोकीले स्वास्थ्य संरचनाको तल्लो तहसम्म आम नागरिकमा दाँत तथा मुख रोगको रोकथाम तथा सरसफाई सम्बन्धी जानकारी गराएको बताए । उनले रोग, जटिलता र धनजनको क्षती न्युनीकरण गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण बिगत २ बर्ष देखी हुदै आएको समेत बताए ।

त्यस्तै उक्त कार्यक्रमले देशभरका स्वास्थ्य संस्थाबाट अनुहारमा लाग्ने चोट पटकको गुणस्तरीय प्राथमिक ब्यवस्थापन गर्न एकरुपता कायम गर्ने उदेश्यले लिएको छ । दाँत तथा मुख सम्बन्धी बिशेषज्ञ सेवाबाट दुरदराजका नागरिक लाभान्वित हुने छन् । बुढाथोकीका अनुसार भोजपुर, धनकुटा, केन्द्रिय कारागार, हेटौडा, भरतपुर, मध्यबिन्दु, स्याङजा, रसुवा, दमौली, चरिकोट, लुम्बिनी,दोलखा,नवलपुर,पोखरा,धनगढी,तौलिहवा,बकुलर,चौतारा तथा सेती अस्पतालबाट २९ जना डेण्टल सर्जनहरुको सहभागिता थियो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com