कोभिसिल्डको दोस्रो मात्रा सुरु


काठमाडौं । सरकारले कोभिसिल्ड खोपको दोस्रो मात्रा सुरु गरेको छ । भ्याक्सिन अभावका बीच सुरक्षा घेराभित्र राखेर खोप सेवा सुरु गरेको छ । मंगलबार भक्तपुरको दुवाकोट स्थित सशस्त्र प्रहरी क्याम्प भित्र कोभिसिल्ड खोप सुरु गरेको छ । झण्डै डेढ लाखको संख्यामा मौज्दात रहेको कोभिसिल्ड खोपको दोस्रो मात्रा सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार उपत्यकामा कोभिसिल्डको दोस्रो डोज सुरु हुने छ । शिक्षण अस्पताल, पाटन अस्पताल र सिभिल अस्पतालमा फ्रन्टलाईनर कर्मचारीहरुका लागि खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनर कर्मचारीहरुलाई मात्रै दोस्रो डोज दिने बताएको छ । तर, पहुँचवालाहरुले पहिलो डोज खोप लगाएका छन् । दुवाकोट स्थित सशस्त्र प्रहरी क्याम्पमा पठाउने व्यक्तिको पूर्ण बिवरण खुल्ने ठेगाना टिपाएर मात्रै खोप लगाएको छ ।

दोस्रो डोज खोप लगाउन पुगेका सुमन बस्नेतले भने, ‘हामीलाई सशस्त्र प्रहरीले गेटबाट भित्र छिर्न दिएन । तपाईलाई कसले पठाएको भनेर सोधियो । स्वास्थ्य मन्त्रालयबाट भनेपछि उनिहरुले नाम टिपे तर, भित्रबाट नबोलाई हामीले पठाउन मिल्दैन ।’

दोस्रो डोज भनेपनि सरकारले सेटिङ्का आधारमा पहिलो र दोस्रो डोज दिएको रहेछ, तर मेरो भन्ने मान्छे नभएकाले खोप लगाइ दिएनन् उनले भने । खोप लगाएर आउने व्यक्तिहरु भन्छन्, भित्र ३ जनात फोन उठाउन मात्रै राखिएको रहेछ । उनिहरुले भनेका मान्छे सबैलाई पहिलो र दोस्रो डोज खोप दिएको छ ।

सरकारले भारतको सेरम सँग खरिद गरेको १० लाख डोज नआएकाले दोस्रो डोज खोप समेत लगाउन सकेको छैन । तर, सेटिङ्का आधारमा यसरी पहिलो र दोस्रो डोज दिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com