४ लाख निको भए, १ लाख उपचारमै छन्


काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट ४ लाख बढी संक्रमित निको भएका छन् । मंगलबार एकै दिन ६ हजार ४०४ जना निको भएर गएसँगै यो संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको हो । तर, ठुलो संख्यामा अझै संक्रमित बिरामी छन् ।

                       संक्रमित घटेपछि अस्पतालको वेड खाली

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक हाल मुलुकभर १ लाख बढी संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना नयाँ संक्रमित थपिएसँगै कुल सक्रिय संख्या १ लाख १७ हजार २६१ जना पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका निमित्व प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार ८ हजार ८३३ जना गंभिर अवस्थामा अस्पतालमा उपचाररत छन् । बाँकी १ लाख ८ हजार ४२८ जना घरमा बसेका छन् । तर, घरमा बसेकाहरु पनि बिभिन्न किसिमको औषधि प्रयोग गरि चिकित्सकको निगरानीमा बसेका छन् । सक्रिय कुल संक्रमित मध्ये दुई प्रतिशत क्रिटिकल अवस्थामा छन् ।

                          टेकु अस्पतालको आगानमा अक्सिजन लिदै संक्रमित

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ६९ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृत्युको संख्या ६७ सय पुगेको छ । यस बिचमा २२ हजार ९३६ वटा नमुनाको परिक्षण गरिएको थियो । पछिल्लो समय सहरमा भन्दा ग्रामिण क्षेत्रमा संक्रमित र मृत्युको संख्या बढ्न थालेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । जुन बिभिन्न तथ्यांकहरुले पनि पुष्टि गरेका छन् ।

नेपालमा प्रति दश लाख नागरिकमा १ लाख १ हजार ५४२ जनाको आरर्टी पिसिआर परिक्षण गरिएको छ । ०७६ माघ ९ यता २९ लाख ५८ हजार ६२० वटा नमुनाको पिसिआर परिक्षण गरिएको छ । अधिकारीहरुका अनुसार नेपालमा परिक्षण मध्ये संक्रमण दर १८ प्रतिशत छ भने, पोजेटिभ मध्ये मृत्यु १.६ प्रतिशत रहेको छ । त्यस्तै जम्मा मृत्यु प्रति दश लाख (पोजेटिभमा) २३० जना रहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com