कोरोना विरुद्ध क्लिनिकल ट्रायलको प्रस्ताव स्वास्थ्यबाट गायव


काठमाडौं । कोरोना महामारीले देश आक्रान्त पारेको छ । कोरोना भाइरस विरुद्धको खोप उपलब्ध नहुदा दोस्रो डोज लगाउनु पर्ने ६५ वर्ष माथिका १३ लाख बढी वृद्धवृद्धा समेत समस्यामा परेका छन । सरकारले खोप खरिद गर्न सकेको छैन । खरिद गरेको दश लाख डोज कोभिसिल्ड पनि भारतीय खोप उत्पादन कम्पनी सेरमले एक वर्ष दिन नसक्ने जवाफ पठाएको छ ।

तर, महामारीका बिचमा बिभिन्न तीन कम्पनीको खोप परिक्षणका लागि अनुमती मागेको एक वर्ष पुगेको छ । तीन वटै कम्पनीले गरेको क्लिनिकल ट्रायलको प्रस्ताव स्वास्थ्यले गायव बनाएको छ । खोप विज्ञ डा श्यामराज उप्रेतीका अनुसार कुनै खोप तयार हुन कम्तिमा पनि १० वर्ष बढी समय लाग्छ । तर, महामारीको समय भएकाले ६ महिनामै कोरोना विरुद्धका आपत्कालीन खोप प्रयोग गर्न बनिरहेका छन् ।

अधिकारीहरुका अनुसार जती पनि खोप प्रयोगमा छन् सबै परिक्षणका रुपमा छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले आपत्कालीन प्रयोगका लागि अनुमती दिएको छ । डा उप्रेती भन्छन् अहिले विश्वमा प्रयोग भएका खोपले कति समय काम गर्छ त्यसको बारेमा कोही जानकार छैन ।

स्वास्थ्य अनुसन्धान परिषदका अनुसार नेपालमा कोरोना भाइरसको महामारी बढिरहेका बेला उक्त भाइरस विरुद्ध लड्न एक वर्ष अघि नेपालमै भ्याक्सिनको क्लिनिक ट्रायल गर्ने भनेर तीन कम्पनीले सरकार समक्ष प्रस्ताव पेश गरेका थिए । अन्य कम्पनीलाई परिक्षण अनुमती दिदा भारतले खोप नदिने भन्दै स्वास्थ्य मन्त्रालयले परिक्षणका सबै फायल रोकेर राखेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रस्ताव पेश गरेका सबै खोप हाल प्रयोग भएजस्तै तेस्रो चरणको क्लिनिकल ट्रायल हो । यस्तो हुदाहुदैपनि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गायव बनाउनु आश्चर्यको विषय हो । स्वास्थ्य मन्त्री र सचिव समक्ष पटक पटक कुरा गर्दा अहिले सम्म कुनै चासो देखाउनु आश्चर्यको विषय हो ।

गत वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन, रुस, अष्ट्रेलिया, दक्षिण कोरिया र यूकेका कम्पनीले उत्पादन गरेको खोप नेपालमा क्लिनिकल ट्रायल गर्नका लागि प्रक्रिया अघि बढाएको थियो । क्लिनिक ट्रायल गर्ने कानुनी प्रक्रिया अघि बढाउन परिषद्ले यस सम्बन्धी कार्यविधि तयार गरेर पटक पटक छलफल ग¥यो तर स्वास्थ्य मन्त्रालयले कुनै चासो देखाएको छैन ।

क्लिनिकल ट्रायलका लागि सरकारले ल्याएको औषधी ऐन (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएर राष्ट्रपतिबाट २०७७ मंसिर ३ गते प्रमाणीकरण समेत भईसकेको छ । उक्त ऐन जारी भएको यत्तिका समय बितिसक्दा पनि कार्यविधि पास गर्न मन्त्रालयले ढिलाई गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

शिक्षण अस्पतालका चिकित्सक डा सन्तकुमारदास भन्छने, ‘क्लिनिकल ट्रायल नेपालका लागि एक किसिमको महत्वपूर्ण वैज्ञानिक अनुसन्धान हो । क्लिनिकल ट्रायल गर्नुअघि सबै मापदण्डहरु पुरा गर्नुपर्ने हुन्छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार पहिलो र दोस्रो चरणको रिपोर्टको आधारमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्नुपर्ने भएकाले यसमा त्यति धेरै भ्रम र पूर्वाग्रह राख्नु उचित हुँदैन । ‘हामीले मन्त्रालयमा कार्यविधि स्वीकृत गर्नका लागि पठाएका छौं तर अहिले सम्म केही जवाफ आएको छैन परिषद्का एक अधिकारीले भने ।

अहिले विभिन्न देशहरुमा उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट आपतकालीन प्रयोगको अनुमति पाएका सबै भ्याक्सिनहरु यसरी नै क्लिनिकल ट्रायल गरेर लगाउन योग्य भएका हुन् । भारत, चीन, रुस, अष्ट्रेलिया, अमेरिका, बेलायत र दक्षिण कोरिया आफैंमा भ्याक्सिन उत्पादन गर्ने राष्ट्र भएतापनि त्यहाँका कम्पनीहरुले भ्याक्सिनको क्लिनिकल ट्रायल आफ्नै देशमा निरन्तर गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रीले कुनै चासो नदेखाउँदा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सम्बन्धी अध्ययन अनुसन्धान रोकिएको छ । अधिकारीहरुले बताए अनुसार क्लिनिकल ट्रायल गर्नु अघि सहभागी सबै जनाको अन्तर्राष्ट्रिय स्तरको बीमा गर्नुपर्ने हुन्छ । तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भए पश्चात् उत्पादक कम्पनीहरुले भ्याक्सिन नेपाल सरकारलाई अनुदान स्वरुप दिने लगायतका सुविधा दिन्छन् ।

विगतमा भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएको बेला नै कार्यविधि तयार भएको थियो तर बीचमा हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले देखि यो कार्यविधि मन्त्रालयमै अड्किएर बसेको छ ।

‘चीन, दक्षिण कोरिया र अष्ट्रेलियाको भ्याक्सिन उत्पादन गर्ने कम्पनी अहिले नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न इच्छुक छन्, परिषद् स्रोतले भन्यो, ‘यस्तो बेला सरकारले कार्यविधि स्वीकृत नगरिदिएको हुनाले अड्केको छ ।

कोभिड विरुद्धको खोप लगाउदै स्वास्थ्यकर्मी

अस्ट्रेलियाले कोरोना विरुद्ध लड्न उपयोगी देखिएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न पटक पटक इच्छा देखाएको थियो तर सरकारले अहिलेसम्म स्वीकृति दिएको छैन । उक्त भ्याक्सिन अमेरिकाको बायोटेक कम्पनी नोभाक्सले उत्पादन गरेको हो ।

त्यस्तै दक्षिण कोरियाली कम्पनीले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायल गरी यहीँ नै खोपको विकास गर्न परिषद्सँग एक किसिमको प्रारम्भिक सहमति भएको थियो तर यसले पनि अहिलेसम्म स्वीकृति पाएको छैन ।

कोरियाको इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभिआई) ले कोरोना भाइरसविरुद्धको खोप विकास गरेको हो । नेपालमा कोरोना भाइरसविरुद्धको तेस्रोचरणको खोप ट्रायल गर्न त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा तयारी थालिएको थियो । तर यो कार्य पनि रोकिएको छ ।

यता चीनको वेष्ट भ्याक बायो फर्मा कम्पनीले पनि नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न प्रस्ताव पेश गरेको छ । चीनमा पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल सफलता पूर्वक सम्पन्न भईसकेको र यसको नतिजा धेरै राम्रो र सुरक्षित आएको कम्पनीको दाबी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com