चीनले नेपाललाई १० लाख खोप दिदा भारतलाई नैतिक संकट


काठमाडौं  । चीनमा समकक्षी सी जीन फिङसँग नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन सम्वाद गरेपछि चीन सरकारले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेको छ ।

नेपालस्थित चिनीयाँ राजदूत होउ यान्छीले सामाजिक सञ्चाल ट्वीटरमार्फत दुवै देशका राष्ट्र प्रमुखबीच भएकोसंवादपछि चीन सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको हो ।

भारतले पठाएको कोभिसिल्ड खोप हस्तान्तरणमा पुगेका नेपाली अधिकारीहरु

नेपाललाई खोपमा समस्या परेको भन्दै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेसँगै अर्को छिमेकी मित्र राष्ट्र भारतलाई पनि नेपाल तत्काल खोप दिन दबाब परेको छ ।

भारतले नेपाललाई दिने भनेको दश लाख खोप विभिन्न कारण देखाउँदै रोकेर राखेका चीनले अनुदान दिएसँगै उक्त खोप दिन नैतिक दबाब परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरुको बताउँछन् । चीनले सित्तैमा दिएपछि किनेको खोप दिनु पर्ने नैतिक संकटमा भारत पुगेको ती अधिकारीहरुको भनाई छ ।

भारतले यस अघि 10 लाख खोप नेपाललाई अनुदानमा दिएपछि ३ लाख डोज दिने भनेको चीनले ५ लाख थपेर ८ लाख दिएको थियो ।

भारतले दिएको खोप लिन स्वास्थ्य मन्त्री  विमानस्थलमै पुगेका थिए । चीनको राजदूतले पनि मन्त्रीलाई भेटेर त्यही स्तरको व्यवहार  हुनुपर्ने माग रखेपछि फेरि चीनको खोप लिन स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी विमानस्थल पुगेका थिए ।

खोप रिसिभ गर्ने विषयमा नै प्रस्तिस्पर्धामा रहेका चीन- भारत अहिले  चिनले पुन :  १० लाख दिँदा भारत नैतिक संकटमा  परेको हो । अब भारतले चीनलाई देखाउनकै लागी पनि दिन बाँकी १० लाख अब देला भन्ने अनुमान अधिकारीहरुकाेे छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com