रत्नराज्य आइसोलेसनलाई शान्ति महिला समाजको ३० हजार सहयोग


काठमाडौं। काठमाडौंको बुद्धनगरस्थित शान्ति महिला समाजले रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई ३० हजार आर्थिक सहयोग गरेको छ ।

बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई शान्ति महिला समाजको तर्फबाट अध्यक्ष कृष्णा खरेलले ३० हजारको चेक हस्तान्तरण गरेकी हुन् ।

नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरका लागि समाजसेवी जय शीवलाल श्रेष्ठले १ (एक ) लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

सहयोग स्वरुप आएको स्यानिटाइजर

काठमाडौंको घट्टेकुलोमा रहेको खोटाङको दिक्तेल समाजले पनि उक्त आइसोलेसन सेन्टरका लागि ३० हजार सहयोग गरेको छ । धापाखेल निवासी सामाजिक व्यक्तित्व भक्तराज भट्टराईले रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरका लागि आफ्नो जन्मदिनको अवसर पारेर १० हजार सहयोग गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com