भेरी घटनालाई चिकित्सक संघले कालो दिन घोषणा गऱ्यो


काठमाडौं ।  नेपाल चिकित्सक संघले भेरी अस्पतालमा ड्युटिमा खटिएका चिकित्सकमाथि गरिएको घटनालाई लिएर हिजोको दिनलाई कालो दिन ( ब्लाक डे ) का रूपमा घोषणा गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले हिजोको घटना भएको दिनलाई कालो दिनको घोषणा गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । ड्युटिमा खटिएका स्वास्थ्यकर्मीको काममा बाधा बिरोध गर्नेलाई बिना धरौटी थुनामा राखेर कारबाही गर्न कानून अध्यादेशमार्फत ल्याउन सरकारसँग माग राखेको छ ।
संघका महासचिव डा. रिजालले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने कार्यमा संलग्न रहेका व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।

क्याटेगोरी : जीवनशैली, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com