८०० अक्सिजन कनसन्टेटर, ९५ भेन्टिलेटर, १२६ वाइप्याप, ७ सिप्याप मेसिन र ३७९५ अक्सिजन सिलिण्डर सहयोग प्राप्त


काठमाडौं ।  सरकारले कोरोना महामारीको दोस्रो छाल दाताकै भरमा पार लगाएको छ । कोभिड बिरामीका लागि चाहिने अत्यावश्यक उपकरण भेन्टिलेटर त्यसका लागि चाहिने वाइप्याप, सिप्याप मेसिन, अक्सिजन कन्सनटेटर र अक्सिजन सिलिण्डर दानदाताबाटै जुटाएर टार्ने देखिएको छ ।

स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार दोस्रो छालमा बिभिन्न दाताबाट ८ सय पिस अक्सिजन कन्सन्टेटर, ९५ वटा भेन्टिलेटर, १२६ पिस वाइप्याप मेसिन र ७ पिस सिप्याप मेसिन सहयोग प्राप्त भएको छ । त्यस्तै ३ हजार सात सय ९५ पिस अक्सिजन सिलिण्डर उपलब्ध भएको छ ।

२०० थान अक्सिजन कन्सनटेटर सहयोग गर्दै हंसि ग्र्रुप

अघिल्लो वर्ष स्वास्थ्य उपकरण खरिदमा विवाद भएपछि स्वास्थ्यका अधिकारीहरुले यसपटक खरिद गर्न चासो देखाएका छैनन् । अघिल्लो वर्ष सरकारले २ सय ८ भेन्टिलेटर सहयोगमार्फत जुटाएको थियो । आफुले खरिद गर्न लागेको १० करोड मुल्यका २२ भेन्टिलेटर, ५० वटा मनिटर र २० वटा वाइप्याप मेसिन स्पेकमा विवाद भएपछि किन्न सकेन ।

कोरोना महामारी नियन्त्रण बाहिर गएपछि सरकारले अन्तराष्ट्रिय सहुदायसँग औपचारीक रुपमा सहयोग मागेको थियो । सरकारले अक्सिजन सिलिण्डर, भेन्टिलेटर र अक्सिजन कनसन्टेटरको आवश्यकता महशुस गरेको थियो । तर, आफुले किन्न भने चाहेन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो छालमा टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले ८, सानोपाइला संस्थाले ६, वान हार्टले २ , भारतले नेपाली सेनालाई १०, भारत सरकारले स्वास्थ्य मन्त्रालयलाई २८, अमेरिकाले १ सय गरी जम्मा २०८ वटा भेन्टिलेटर उपलब्ध भएको थियो । ती उपकरणहरु मन्त्रालयले बिभिन्न जिल्ला र केन्द्रका ठुला अस्पतालमा बितरण गरेको थियो ।

 

भेन्टिलेटर कसले कति दिए

युनिलिभर नेपाल                 ५   
द किङडोम अफ कम्बोडिया    २०   
सेभ द चिलिरेन्ड                ५     
चिन सरकार                     १०    
स्वीजरल्याण्ड सरकार       ४०   
स्पेन सरकार                   १५    
जम्मा                             ९५     

 

कहाँ कति वितरण भयो

जिपी कोइराला अस्पताल                २
भतरपुर क्यान्सर अस्पताल         १
डडेल्धुरा जिल्ला अस्पताल           १
भरतपुर अस्पताल                     
राष्ट्रिय ट्रमा सेन्टर                    
नारायणी अस्पताल                    
कान्तिबाल अस्पताल                  १
वीर अस्पताल                           
राप्ती प्रादेशीक अस्पताल           १
भेरी अस्पताल                             १४
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान   १
सेती प्रादेशीक अस्पताल                 
कोशी अस्पताल                             
वीपी विज्ञान प्रतिष्ठान                   2 
प्रादेशीक अस्पताल जनकपुर       २
महाकाली अस्पताल                   
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान   १
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ३
कर्णाली प्रादेशीक अस्पताल सुर्खेत   २
मेची अस्पताल                               
शुक्रराज ट्रपिकल अस्पताल        ११
नवलपरासी जिल्ला अस्पताल      १
सशस्त्र प्रहरी अस्पताल                  
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान   १
प्रदेश आपुर्ती कार्यालय बुटवल    2           
टिचिङ अस्पताल                        
विरेन्द्र शैनिक अस्पताल              
मनमोहन कार्डियो थोरासिक सेन्टर १
धौलागिरी अस्पताल                   
धुलिखेल अस्पताल                     
पाटन अस्पताल                        
लुम्बिनी प्रादेशीक अस्पताल      २
जम्मा                                        ९०

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com