राहतको नाममा आहतमा परेका मान्छे झुक्याईदै !


काठमाडौं । समाजिक सञ्चालमा किवानिस म्लब अफ काठमाडौं भ्यालीको नाममा एउटा सूचना सार्वजनिक गरियो । उपत्यकामा दाल, चामल किन्न नसकेर कसैको चुलो निभेको देख्नु भो भने हामीलाई खबर गर्नुहोस्, हामी जेठ महिनाभरीलाई पुग्ने खाद्यान्न सहयोग गर्छौं ।

उक्त सूचनामा सम्पर्क नम्बर भनेर ९८५१०३८९४७, ९८५११६४१४८, ९८४१३२२१९८, ९८६९१०२०२० र ९८५१११७९५५ राखिएको छ । कसैलाई काम लाग्न सक्छ, सेयर गरिदिनु होला भन्ने सूचनामा लेखेकाले उक्त सूचना सामाजिक सञ्जालमा भाइरल हुने नै भयो । तर उक्त नम्बरहरुमा सम्पर्क गर्दा अहिले आफूलाई कोरोना (कोभिड- १९) लागेकाले तत्काल् राहत उपलब्ध गराउन नसक्ने जवाफ आउँछ ।

सूचनामा राखिएका सबै नम्बरमा सम्पर्क गर्दा एउटै प्रकृतिको जवाफ आउने गरेको छ । यसबाट के प्रस्ट हुन्छ भने राहतका नाममा आहतमा आएका जनतालाई झुक्याउने शिवाय अरु केही होइन ! अहिले प्रचारमा आउनका लागि पनि खान नपाएर छटपटाइ रहेका भोका मान्छेलाई सञ्चालमा आएर झुक्याउने र नभएको आश्वाशन दिन प्रवृत्ति ह्वातै बढेको छ ।

 

सूचनामा आजभोलि नै चुलो नजल्ने अवस्था छ भने मात्रै सम्पर्क गर्नुहोला । सञ्चयका लागि लोभ नगरिदिनुहोला भन्ने लेखिएको छ । मध्यवानेश्वरका स्थानीयवासी भरत ढकालले त्यहिँ छेउमा भोकै रहेका मजदुरहरूलाई राहत उपलब्ध गराउनका लागि सूचनामा राखिएका नम्बरहरूमा सम्पर्क गर्दा कोरोना लागेकाले तत्काल् राहत उपलब्ध गराउन नसकिने जवाफ आएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com