प्रकाशमानद्वारा रत्नराज्य आइसोलेसनलाई ५१ हजार सहयोग


 काठमाडौं । क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले रत्नराज्य आइसोलेसलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व उपप्रधानमन्त्री एंव कांग्रेसका पूर्वमहामन्त्री रहेका सिंहले महादेवस्थान वानेश्वरस्थित रत्नराज्य आइसोलेसनमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन कांग्रेस नेता सिंहको पहलमा २० थान अक्सिजन सिलिन्डरसमेत उक्त आइसोलेसनलाई प्राप्त भएको छ ।

त्यस्तै काठमाडौंको ठमेल निवासी समाज सेवी आयुष शेरचनले रत्नराज्य आइसोलेसनलाई २० हजार सहयोग गरेक छन् । उनले सांसद श्रेष्ठको बैंक खातामार्फत आइसोलेसनलाई उक्त रकम दिएका हुन् ।

काठमाडौंको बुद्धनगर निवासी व्यवसायी एवं समाजसेवी मीनबहादुर श्रेष्ठले रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसनलाई १५ हजार ५ सय आर्थिक सहयोग दिएका छन् । रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसन वार्डको बारेमा आफ्नो फेसबुकमार्फत जानकारी प्राप्तगरी सहयोग गर्ने अभिलाषा प्रकट गरे बमोजिम उनेकै निवासमा गएर उक्त रकम लिएका प्रदेशसभा सदस्य श्रेष्ठको भनाई छ ।

काठमाडौं महानगर पालिका वडा नम्बर ११ बबरमहल कुरिया गाउँ निवासी कोरोनाको संक्रमित भई अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगी स्वास्थ्यलाभ गरेका रूपेश राजभण्डारी ले रत्नराज्य साइनोलेसनलाई लागि दश हजार एक सय रूपैया सहयोग गरेका छन् ।

नयाँ वानेश्वर निवासी लीलाराम खडकाले रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसनलाई १० हजार आर्थिक सहयोग गरेका छन् । त्यस्तै नयाँ वानेश्वर रवि न्यौपानेले रत्नराज्य स्कूलमा खोलिएको आइसोलेसनलाई ७ हजार सहयोग गरेका छन् । दाताहरुको इच्छा बमोजिम सांसद श्रेष्ठले घरघरमै गएर सहयोग रकम बुझी आइसोलेसनको व्यवस्थापनको पाटो हेरिरहेकी अनामिका अर्याललाई हस्तान्तरण गरेका छन् ।

स्थानीय अनामिका अर्याल, भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । रत्न पुस्तकालय र वानेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिले पनि आइसोलेसन सेन्टरलाई टेन्टलगायतका भौतिक सहयोग उपलब्ध गराएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com