विकास साझेदार सस्थालाई इमानदारिता प्रस्तुत गर्न स्वास्थ्यको आग्रह (सामानको सुची हेर्नुहोस्)


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास साझेदार सस्थाहरुलाई कोरोना महामारीको समयमा बिभिन्न ४० प्रकारका मेडिकल सामग्री सहयोग गर्न अनुरोध गरेको छ । महामारीको बिसम परिस्थिति भएकाले विकास साझेदार सस्थालाई इमानदारिता प्रस्तुत गरी सहयोग गर्न अनुरोध गरेको हो ।

स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सहयोगका लागि अपिल गरेको हो । परराष्ट्र स्रोतबाट प्राप्त सुची अनुसार बिभिन्न प्रकारका स्वास्थ्य सामग्री स्वास्थ्यले माग गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले निर्णय गरी ती सामग्री विकास साझेदार सस्थासंग माग गरेका हुन् ।

मन्त्रालयले भनेको छ, कोरोना भाइरस सँगको युद्धमा तपाईको समर्थनका लागि धन्यवाद छ । जसरी कोरोना संक्रमण तिब्र रुपमा बढीरहेको छ, अब हामी आवश्यक रुपमा औषधि, अक्सिजन र उपकरणहरुको अभावको अनुभव गरिरहेका छौं । अस्पतालमा केस व्यवस्थापन डिफिकल्ट भएको छ । यस सन्दर्भमा तपाइहरुलाई अनुरोध गर्न चाहन्छौँ की, यो युद्धका लागि नेपालमा सहयोग गर्नुहोस् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, मेडिकल शिक्षा, विचार, समाचार
ट्याग : ##MOHP

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com