नेपाललाई बदनाम गरी चर्चामा आउन भ्रमपूर्ण समाचार छापियो


काठमाडौं । बेलायतबाट प्रकाशित हुने एक अखबार डेलीमेलले नेपालमा नयाँ भेरियन्ट देखिएको बिषयलाई महत्वका साथ छापेपछि राष्ट्रिय अन्तराष्ट्रिय जगतमा चर्चापरिचर्चा सुरु भएको छ । तर, डेली मेल आफैमा बेला बेला फण्डा समाचार छाप्ने पत्रिका भएको विज्ञहरु बताउँछन् ।

नयाँ भेरियन्ट देखिने कुरा निकै छलफल र परामर्श पछि पुष्टि हुन्छ कसैले मनमा लागेर लेख्दैमा भन्दैमा हुदैन नेपालका विज्ञहरुले भनेका छन् । डेली मेल ट्याब्लेट पत्रिका हो, यसले बिभिन्न समयमा चर्चाका लागि फण्डा समाचार छाप्दै आएकोछ भाइरस विज्ञ डा सन्तोष दुलाल भन्छन् ।

डा दुलालले विदेशी मिडियामा नेपालबारे भ्रामक समाचार आउनुमा नेपालका चिकित्सकहरुको पनि हात रहेको बताए । “चिकित्सकहरुले गर्ने नामाकरणमा समस्या आएको हो, डा दुलाले भने, “एउटै भाइरसलाई फरक फरक तरिकाले व्याख्या परिव्याख्या गर्दा यस्तो अवस्था आएको हो । सम्बन्धीत विषयमा बिज्ञता बिना अभिव्यक्ति दिदा समस्या भयो ।”

भारतमा डबल म्युटेन्ट भेरियन्ट हुदा विज्ञ र नेपालमा मिडियाले त्रिपल भेरियन्ट भनेर समाचार प्रकाशित गरे तर, त्यस्तो थिएन । यस्तो समाचार आउनुमा सकारकार, नेपालका चिकित्सक र संचार सस्थाको पनि कमजोरी छ उनले भने । चिकित्सकले भन्दैमा त्यसको अध्ययन अनुसन्धान नगरी बोल्दा डेली मेलको जस्तो चर्चा कमाउने बाहेक उपलब्धी हुदैन अधिकारीहरुले भनेका छन् ।

यो सब भ्रम फैलाउन गरिएको थियो । विश्वास नगर्ने पत्रिका हो डेली मेल । समाचारमा लेखिएको छ, “नेपालको नयाँ भेरियन्ट युरोपमा पनि फैलिसकेको छ । यसले बेलायतको बिदालाई असर पारको छ । यो भाइरसमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का गरेका छन् समाचारमा लेखिएको छ ।”

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । “अहिले सम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन प्रवक्ता पौडेलले भने, “बुधवार सम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचना अनुसार त्यस्तो केही छैन ।”

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले पनि नेपालमा कुनै नयाँ भेरियन्ट हाल सम्म पुष्टि नभएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियअन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठनलाई “अवगत नभएको” स्पष्ट पारेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ नेपाल प्रमुख डा राजेश साम्माजीराव पाण्डवले नेपालमा सार्स कोभिड—२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ प्रमुख पाण्डवले भने ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com