घोषणा गर्दैमा देलात अमेरिकाले नेपाललाई खोप ?


काठमाडौं । अमेरिकाले नेपाललगायत एसियाका विभिन्न देशहरूलाई झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सीन दिने निर्णय गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सीन प्राप्त गर्नेछन् ।

विश्व कोभीड-१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड-१९ भ्याक्सीन सहयोगको घोषणा गरेका हुन् । ‘हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन् । उनले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन् ।

यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गरेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com