सरकारले चिनसँग २० लाख खोप किन्ने निर्णय गर्यो, भारतबाट दुई हप्ता भित्र १७ लाख कोभिसिल्ड आउँदै


काठमाडौं । सरकारले चिनसँग तत्काल २० लाख डोज खोप खरिदको प्रक्रिया अगाडी बढाएको छ । शुक्रबार चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खरिदका लागि प्रस्ताव अगाडी बढाइएको छ । परिवार कल्याण महाशाखाले खोप किन्न उचित भएको साय व्यवस्थापन महाशाखामा शुक्रबार पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चिनसँग २० लाख किन्ने निर्णय भएको बताए । दुई दिन अगाडी मात्रै चिन सरकारले अनुदानमा दिएको १० लाख खोप आएको थियो ।

‘मन्त्री त्रिपाठीेले स्वास्थ्य लाइभसँग कुरा गर्दै भने, ‘चिन सरकारसँग तत्काल २० लाख खोप किन्ने भनेर प्रक्रिया अगाडी बढाएका छौँ । उक्त खोप चाडै खरिद गरेर ल्याइने छ । अनुदानमा आएको १० लाख र खरिद गरेको २० लाख ६० देखि ६४ वर्ष उमेर समूह र पहिलो डोज लगाइ दोस्रो डोजको समय पुगेकालाई लगाइने छ ।’

मन्त्री त्रिपाठीले आफु शुक्रबार देखि मन्त्रीमा नरहेको पनि बताए । स्वास्थ्य मन्त्रालयको मात्रै पहलबाट खोप नआएपछि कुटनीतिक रुपमा खोपको पहल थालिएको छ ।

मन्त्री त्रिपाठीका अनुसार भारतबाट पनि १७ लाख डोज कोभिसिल्ड दुई हप्ता भित्र आउने भएको छ । सेरमसँग खरिदको आउँन बाँकी १० लाख सहित थप ७ लाख गरी १७ लाख आगामी १५ दिन भित्र आउने टुङ्गो लागेको छ । त्यस्तै चिनसँगको खरिद प्रक्रिया अगाडी बढेको छ त्रिपाठीले भने ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com