रत्नराज्य पौष्टिक आहारसहितको नि:शुल्क आइसोलेसन, सेवा लिन सांसद श्रेष्ठको आग्रह


काठमाडौं  । काठमाडौं क्षेत्र नम्बर १ लाई लक्षितगरी सञ्चालनमा आइरहेको रत्नराज्य आइसोलेसनमा सेवा लिएर स्वास्थ्य लाभ गर्न बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले आग्रह गरेका छन् ।

सांसद  श्रेष्ठका अनुसार काठमाडौ क्षेत्र नम्बर एकलाई लक्षित गरेर सञ्चालनमा आएको रत्नराज्य आइसोलेसनमा बिरामीको निः शुल्क हेरचाह र खानपानको व्यवस्था रहेको छ । उनले आफ्नो क्षेत्रमा समस्यामा परेका कोरोना संक्रमितलाई आइसोलेसन सेन्टरमा पठाउँमा सबैमा अनुरोध गरेका छन् ।

आइसोलेसनमा समयतालिका मिलाएर मासुसहितको प्रोटिनयुक्त खाना,  औषधि उपचारलगायतका सबै सुविधा उपलब्ध गराएको सांसद श्रेष्ठले जानकारी दिए ।
होम आइसोलेसनमा बसेर अन्य परिवारका सदस्यलाई खतरामा पार्नु भन्दा आफूहरूले जनताको सेवा गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको आइसोलेसनमा बसेर सेवा लिन उनको आग्रह छ ।

‘हस्पिटलको जस्तै सेवा सुविधा छ, चौबीसैं घण्टा नर्स डाक्टरसहितको सेवा छ, मासुसहितको तागतिलो खाना दिनको ३ / ४ पटक दिँदै आएका छौं , अक्सिजनसमेत उपलब्ध छ’ सांसद श्रेष्ठले भने, ‘जनताको सेवाका लागि खोलिएको हस्पिटल  जस्तै आइसोलेसनमा उहाँहरुलाई स्वागत गरेर सीध्र स्वास्थ्य लाभ गराउन हामी निरन्तर सेवामा छौँ । हाम्रा क्षेत्रमा बसोबास गर्ने आदरणीय व्यक्तित्वहरु हाम्रो सेवा लिन आउनु होस् भन्ने हाम्रो कामना र चाहना हो ।’

बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित  रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरमा भर्ना भएका संक्रमित हप्तादिन भित्र नै निको भएर घर फिर्ता भएका छन् । धेरै भन्दा धेरै स्थानीयले सेवा लिने स्वास्थ्य लाभ गर्न आइसोलेन्सन सेन्टरले उक्त क्षेत्रका वासिन्दालाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ नम्बर वडाका वासिन्दालाई रत्नराज्य आइसोलेसन सेन्टरले निःशुल्क उपचार गर्ने जनाएको छ ।

रत्नराज्य आइसोलेसनमा निःशुल्क रुपमा उत्कृष्ट सेवा लिन जानेको संख्या पनि बढिरहेको छ । आइसोलेसन सेन्टरले आफ्नो क्षेत्रका संक्रमितलाई जति आएपनि व्यवस्थापन गरेर सेवा दिने सांसद श्रेष्ठ भनाई छ ।

स्थानीय अनामिका अर्याल, भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर  सञ्चालनमा आएको हो । रत्न पुस्तकालय र वानेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिले पनि आइसोलेसन सेन्टरलाई टेन्टलगायतका भौतिक सहयोग उपलब्ध गराएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com