मुलुकभर कति छ, कोरोनाका लागि चाहिने मेडिकल सामग्री ?


काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढिरहेका बेला आवश्यक मेडिकल उपकरण सहितका सामग्रीको मौज्दात कति छ, भन्ने प्रश्न धेरैमा उब्जिएको छ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख २७ मा विकास साझेदार सस्थाहरुलाई बिभिन्न ४० प्रकारका मेडिकल सामग्रीहरु सहयोग गर्न औपचारीक पत्र लेखेको थियो ।

स्वास्थ्य मन्त्रालयको औपचारिक पत्रसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार सस्थाहरुले निरन्तर मेडिकल सामग्रीहरु सहयोग गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले अहिले स्वास्थ्य सामग्रीको कुनै अभाव नभएको बताएको छ । तथ्यांक अनुसार सर्जिकल मास्क, पन्जा, सुज पर्याप्त मात्रामा माज्दात रहेको छ ।

पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको मौज्दात भएपछि हाल स्वास्थ्य मन्त्रालयले आवश्यक परेका सामग्रीहरु मात्रै सहयोग गर्न भनेको छ । सबै प्रदेशहरुमा स्वास्थ्य सामग्रीको मौज्दात राम्रो देखिएको छ ।

देशभर ८२ हजार ७०३ जना संक्रमित घरमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीका अनुसार ६ हजार ५१४ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १४४२ जना आइसियु र ३८१ जना भेन्टिलेटरमा छन् । पछिल्लो समय डिस्चार्जहुनेहरु बढीरहेका छन् ।

विगत २४ घण्टामा मुलुकभर ३ हजार ४७९ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com