स्वास्थ्य मन्त्री र भारतीय राजदूत क्वात्रा बीच भेट


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ र भारतका राजदुत श्री बिनय मोहन क्वात्रा बीच शिष्टाचार भेट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सो भेटमा दुई मित्र राष्ट्रको आपसि हित एबम सहकार्य सम्बन्धमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भेटमा स्वास्थ्य मन्त्री तामाङले भारतसंग भएको दश लाख डोज कोभिसिल्ड खोप खरिद सम्झौता र देखा परेका जटिलताको बारेमा बिशेष चासो राखेका थिए । उक्त चासोमा राजदुत श्री बिनय मोहन क्वात्राले चाडै नेपाललाई खोप उपलब्ध गराउने विश्वास व्यक्त गरेका थिए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com