जनावरबाट मानिसलाई सरुवारोगको जोखिम, दश रोग सरकारी प्रार्थमिकतामा


काठमाडौं । पछिल्लो समय जनावरबाट मानिसलाई बिभिन्न प्रकारका सरुवा रोगको जोखिम बढ्दै गएको छ । पछिल्लो समय विश्वभर देखिएको कोरोना भाइरस पनि त्यसको उपज हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनावरबाट मानिसमा सरेर महामारीको रुप लिएका बिभिन्न रोगलाई प्राथमिकतामा राखेको छ । शुक्रबार पशुपंक्षीबाट मानिसमा सर्ने दश वटा रोगलाई प्राथमिकिकरण गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए ।

डा पौडेलका अनुसार प्राथमिकिकरणमा परेका रोगहरुमा ईन्फ्लुएन्जा (जुनोटिक ईन्फ्लुएन्जा, सिजनल ईन्फ्लुएन्जा) रेबिज, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २) लेप्टोस्पाईरोसिस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस÷ हाईडाट्रिडोसिस र टोक्जोप्लास्मोसिस रहेका छन् ।

प्रवक्ता पौडेलले पशु सेवा विभाग र स्वास्थ्य मन्त्रालय बिच समन्वय गरेर आवश्यक नियम कानुनको तर्जुमागरि कार्यक्रमहरु तय गर्ने बताए । यी प्राथमिकता परेका दश रोगका लागि आवश्यक पर्ने प्रयोगशाला किट साथै औषधि व्यवस्थापन गर्नुपर्ने छ । यस अगाडी नेपालमा बिभिन्न ६ वटा जुनोटि रोग प्राथमिकिकरणमा परेका थिए ।

विज्ञहरुका अनुसार आम मानिसको जनवरसँगको (क्लोज) सम्बन्ध खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक रोग देखा पर्न थालेका छन् । सरुवारोग विज्ञ भन्छन्, पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गरेका छन् । नेपालमा जनावरबाट मानिसमा ६० प्रकारका रोग सरेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ ।

 पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रुसेल्ला, लिष्टेरिया लगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सरेको छ ।

क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : ##CMDN

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com