४ अरब ५० कराेड भित्र रहेर भेराेसेल खरिद गर्न मन्त्रीपरिषद्काे सैद्धान्तिक सहमति


 

चिनले अनुदानमा दिएको खोप भेरोसेल हस्तान्तरण गर्दै स्वास्थ्य मन्त्री र चिनियाँ राजदुत

काठमाडौं । १ कराेड २० लाख खाेप खरिदका लागि मन्त्री परिषद्ले स्वीकृति दिएकाे छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख नागरिकलाई लगाउने खाेप १ कराेड २० लाखकाे निर्णय गरि स्विकृतिका लागि मन्त्रीपरिषद् पठाएकाे थियाे । तर, पहिलाे चरणमा कति खाेप अाउछ भन्ने एकिन अाधार छैन ।

हाल देशमा २० लाख सम्म खाेप भण्डारण गर्ने क्षमता छ । उच्च श्राेतका अनुसार मन्त्रीपरिषदबाट ४ अरब ५० कराेड भित्र भेराेसेल खरिद गर्ने सैद्धान्तिक सहमति दिएकाे हाे । सहमति पाएसँगै उक्तफायल चिन जानेछ । त्यहाबाट खाेपकाे मूल्य र संख्या गरेर फेरि नेपाल पठाउने छ । त्यस पछि मात्रै खाेपकाे मूल्य र संख्या एकिन हुने छ । 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com