चिनबाट खरिद गर्न लागेको खोपको मुल्य १७ डलर !


काठमाडौं । सरकारले कोरोना खोप खरिदका लागी मन्त्री परिषद्बाट शैदान्तिक सहमती दिएको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले चिनियाँ खोप भेरोसेल खरिदका लागि सहमती दिएको हो ।

उच्च स्रोतका अनुसार सोमबार राती नै स्वास्थ्य मन्त्रालय फर्केको फायल मंगलबार साँझ चीन पठाइएको छ । एक करोड २० लाख अर्थात ६० लाख नागरिकलाई पुग्ने खोप खरिदका लागि स्वास्थ्यले निर्णय गरेको छ । नेपालमा एकै पटक २० लाख भन्दा बढी खोप भण्डारणको क्षमता नभएकाले चरण चरणमा खोप ल्याइने छ ।

स्रोतका अनुसार मुल्यको विषय र खोप दिने संख्याको ठाउँ खाली राखिएको छ । उक्त विषय चिन आफैले भर्ने छ । तर, सरकारले भने पहिलो चरणमा ४ अरब ५० करोड भित्र रहेर खोप खरिद गर्ने सहमती दिएको छ । चिनले बंगलादेशलाई प्रति भाइल १० डलरमा उपलब्ध गराएको छ । तर, नेपाललाई कति मुल्यमा दिने भन्ने नेपालका अधिकारीहरुलाई जानकारी छैन ।

नेपालका अधिकारीहरुले १० डलरमा नेपालले पनि खोप पाउने आसा गरेका छन् । तर, उच्च स्रोत भन्छ, चीनले साढे १४ डलरमा नेपाललाई कोरोना विरुद्धको भेरोसेल खोप बेच्ने छ । कम्पनीले प्रति एक डोज १७ डलर मुल्य राखेको छ ।

चिनले विगत १५ दिन अगाडी नै खोपको मुल्य नखुलाई संझौता गर्न नेपाललाई प्रस्ताव गरेको थियो । उसको प्रस्तावमा सरकार सकारात्मक भएपनि कर्मचारीहरुले फायल नउठाएपछि खरिदमा समस्या भएको थियो ।

‘कोभिड खोप सल्लाहकार समितिका एक जना सदस्यले भने, चिनले खोप खरिदबार सार्वजनिक नहुने हिसावमा सहमती गर्न प्रस्ताव गरेको छ । त्यसरी सहमती गर्दा अख्तियारको दुरुपयोग हुने र भबिश्यमा दोषी ठहरीने डरले खोप खरिदको निर्णय गर्न सकेका थिएनन् ।’ पछिल्लो समय सरकारले नै निर्णय गरेर खोप ल्याउन स्वीकृत दिने भएपछि कर्मचारीहरुले प्रक्रिया अगाडी बढाएका हुन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com