पारासिटामोलको कृत्रिम अभाव भएपछि बंगलादेशमा रहेका नेपाली विद्यार्थीले जुटाए १ लाख डोज


काठमाडौं । नेपाली औषधि उद्योगले जीनव रक्षक पारासिटामोलको कृत्रिम अभाव गरेपछि बंगलादेशमा रहेका विद्यार्थीहरुले एक लाख पारासिटामोल जुटाएका छन् । एक लाख ट्याब्लेटले पनि ठुलो उपलब्धी गर्ने भन्दै बंगलादेशमा अध्ययन गरेर बसेका मेडिकल विद्यार्थीहरुले एक लाख ट्याब्लेट जुटाएका छन् ।

विद्यार्थीहरुले जुटाएको एक लाख ट्याब्लेट बुधबार बंगलादेशमा रहेका नेपाली राजदूत बंशिधर मित्रलाई दिएका छन् । हालको बजार मुल्यभन्दा दुई गुणा मूल्यवृद्धि गराउन दबाब दिने उद्देश्यसहित औषधि उत्पादक कम्पनीहरूले योजनाबद्ध रूपमा बजारमा पारासिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन । कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै महामारीका वेला उनीहरूले एक रुपैयाँ पर्ने पारासिटामोलको मूल्य तीन रुपैयाँ पु¥याउन औषधि व्यवस्था विभागलाई दबाब दिएका छन् ।

कोरोना महामारीको समयमा उद्योगीहरूले पारासिटामोल कृत्रिम अभाव सिर्जना गरी सरकारलाई मूल्यवृद्धि गर्न बाध्य बनाउने रणनीति अपनाएका छन । उत्पादन पनि नबढाउने, खोप खरिद गर्न पनि नदिने यस्तो कार्यले चिकित्सक बिच दरार आउने देखिएको छ ।

नेपालमा पारासिटामोल अभाव हुन थालेपछि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन् गरेका नेपाली चिकित्सकहरुको संस्था सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश (एसएनडीबी)ले नेपालका लागि एक लाख ट्याव्लेट सिटामोल अनुदान सहयोग गरेको छ ।

विहीबार आयोजित कार्यक्रममा एसएनडीबीका प्रतिनिधि डा दीपक यादव र डा आलोक झाले बंगलादेशका लागि नेपाली राजदूत डा बंशीधर मिश्रलाई खोपबारे माग राखेका छन् ।

इन्सेप्टा फर्मास्युटिकल्सले उत्पादन गरेको ५०० एमजीको १ लाख थान सिटामोल हस्तान्तरण गरे । अनुदानको सिटामोल बुझेपछि राजदूत मिश्रले देशलाई संकट परेको बेलामा विदेशमा रहेका चिकित्सक तथा विद्यार्थीहरुको संस्थाबाट यसरी सहयोग हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले बुझेको औषधिहरु सकेसम्म छिटो नेपाल पठाउने व्यवस्था गर्न लागेको जानकारी दिए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com