साढे १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप आउने निश्चित


काठमाडौँ ।  नेपालमा काेभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप आउने पक्का भएको छ ।
स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार १५ लाख ३४ हजार ८ सय ५० डोज खोप जो वाइडेनले काेभ्याक्स सुविधामार्फत सहयाेग निश्चित भएको हो ।
उक्त खोप आयात अनुमतिका लागि स्वास्थ्य मन्त्रालयले औषधी व्यवस्था विभागलाई पत्राचार गरिसकेको छ ।
जोन्सनको यो खोप एक डोज लगाउँदा हुन्छ । चाइनिज खोज भेरोसेल र इन्डियन कोभिसिल्ड जस्तो दुई डोज लगाइरहनु पर्दैन ।
यस अघि राष्ट्रपति कार्यालयले अमेरिकाले ५० लाख डोज खोप दिन लागेको हल्ला फैलाएको थियो । अहिले आएर बल्ल १५ लाख ३४ हजार ८ सय ४० डोज खोप दिन निश्चित भएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com