फ्रन्टलाइन हस्पिटलमा रिकन्सट्रक्टिभ न्यूरोसर्जरी सेवा, जानौं रिकन्सट्रक्टिभ न्यूरोसर्जरीबारे


काठमाडौं । काठमाडौंस्थित फ्रन्टलाइन हस्पिटलले रिकन्सट्रक्टिभ न्यूरोसर्जरीमा (Reconstructive neurosurgery) नेपालमा भएका उपलब्धीबारे जानकारी गराएको छ ।

अस्पतालले बिहीवार आयोजना गरेको एक कार्यक्रममा रिकन्सट्रक्टिभ न्यूरोसर्जरीका कारण बिरामीहरूमा देखिएका सकारात्मक परिवर्तनबारे जानकारी गराइएको हो ।

अस्पतालले आफ्नो स्थापनादेखि नै डिपार्टमेन्ट अफ न्यूरो साइन्सेजबाट सेवा रिकन्सट्रक्टिभ न्यूरोसर्जरी सम्बन्धी सेवा दिँदै आएको छ ।

विभागका प्रमुख प्रा.डा.अमित थापाले रिकन्सट्रक्टिभ न्यूरोसर्जरीले धेरै बिरामीहरूले आफ्नो काम गर्न छोडेको हात, कुहिनो, कुम उपचारपछि चलाउन थालेको बताए ।

रिकन्सट्रक्टिभ न्यूरोसर्जरीबारे प्रकाश पार्दै उनले रिकन्सट्रक्टिभ न्यूरोसर्जरी शल्यक्रिया पछी ५० देखि ९५ प्रतिशत सफल भएको बताए । वहांले यस्तो शल्यक्रिया नेपालमा साल २०१० मा सुरु गर्दा, वर्षको ३ देखि ५ बिमारीहरूमा गरिन्थ्यो भने, हालसाल उपचारको फाइदा देखेर वर्षको ३० देखि ४० बिमारीहरू यस शल्यक्रियाको लागि आउनु हुन्छ। हालसम्म लगभग १५० वटा बिमारीहरू यस किसिमका शल्यक्रियबाट लाभान्वित हुनु भएको जानकारी दिनुभयो ।

हस्पिटलका अध्यक्ष नवराज पाण्डेले भने स्वास्थ्य सेवा प्रभावकारी र गुणस्तरीय बनाउन सक्दो प्रयास गरिरहेको बताए।

उनले नेपालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा अरबौं रुपैयाँ बाहिरीरहेको हुँदा मुलुक भित्रै स्वास्थ्य सेवा प्रभावकारी बनाउन फ्रन्टलाइन हस्पिटल लागीपरेको उल्लेख गरे ।

नेपाललाई मेडिकल टुरिज्मको हब बनाउन आवश्यक रहेको भन्दै अध्यक्ष पाण्डेले बिरामीलाई गुणस्तरीय सेवा दिनु नै आफूहरूको मुख्य उद्देश्य रहेको बताए ।

के हो रिकन्सट्रक्टिभ न्यूरोसर्जरी ?
शरीरमा भएका नसा चुडिएका वा मरिसकेका छन् भने त्यसलाई पुनः क्रियाशिल बनाउन वा प्रत्यारोपण गर्न रिकन्सट्रक्टिभ न्यूरोसर्जरी गरिन्छ ।

नेपालमा जनचेतना अभावका कारण मानिसमा नसा चुडिएको वा नसा मरिसकेको अवस्थाबारे जानकारी नहुँदा उनीहरू उपचारबाट बञ्चित भइरहेका छन् ।

प्रा.डा.अमित थापाका अनुसार बिरामीलाई समस्याबारे जानकारी नै नहुँदा उनीहरू अस्पताल आउँदैनन् । धेरै बिरामीहरू यो चोट समयसँगै आफै ठीक हुँदै जान्छन् भनि सल्लाहले यसको जाँच र सही उपचार गराउँदैनन् । यस कारणले रेफरल हस्पिटलसँग नेपालमा यस्ता समस्या भएका बिरामीहरूको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क पनि छैन ।

डा.थापाले स्वास्थ्य संस्थामा पनि नसा चुडिएको वा मरेको समस्याबारे जानकारी नहुँदा बिरामीहरूलाई समयमा रेफेर नगर्दा समस्या भइरहेको बताए ।

उनले मानिसमा नसा चुडिनु वा मर्ने समस्या सडक दुर्घटना, शारीरिक कुटपिट, उचाईँबाट खस्दा वा बच्चा जन्मने बेलामा घाठी बाट हातमा जाने हात, कुहिना र कुमको नसा तनकेर अथवा च्यापिएर ब्रकेल प्लेक्सिस इन्जरीको (brachial plexus injury) समस्या आउने गरेको बताए । बच्चा पाउने बेलामा हुने यस्तो चोट लाई अब्स्टेट्रिकल ब्रकेल प्लेक्सिस इन्जरी (Obstetrical brachial plexus palsy) भने चिनिन्छ ।

समस्या उत्पन्न भएको एक वर्ष भित्र यसको उपचार गर्नु उचित रहेको भन्दै डा.थापाले बिरामीको अवस्था हेरेर यसको सफल उपचार सम्भव भएको पनि बताए ।

उनले शल्यक्रिया पश्चात नियमित चिकित्सकको सम्पर्कमा रहन र आवश्यक परेमा “बुस्टर सर्जरी” पनि गर्न सकिने उल्लेख गरे ।

रिकन्सट्रक्टिभ न्यूरोसर्जरी ३० हजारदेखि १ लाखसम्मको खर्चमा हुने गरेको भन्दै उनले यसमा बिरामीलाई आईसीयूमा राख्न नपर्ने पनि बताए ।

प्रा.डा.थापाले नसा चुडिनु र मर्नु समस्याबारे जनचेतना फैलाउन अस्पतालले चाँडै नै रिकन्सट्रक्टिभ न्यूरोसर्जरी फाउन्डेशनको स्थापना गर्न लागेको जानकारी समेत गराए । जसले मेडिकल क्याम्प सञ्चालन गर्ने, रोगबारे जानकारी दिने र जनचेतना फैलाउने काम गर्छ ।

रिकन्सट्रक्टिभ न्यूरोसर्जरी गराएका बिरामीहरू :

 

क्याटेगोरी : समाचार, स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com