दुर्घटनामा परी पत्रकार राई घाइते, केएमसीमा उपचार हुँदै


काठमाडौं । स्कुटर दुर्घटनामा परेर पत्रकार नवीन राई गम्भीर घाइते भएका छन् । शनिबार बिहान कमलादीमा उनी सवार मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका हुन् ।

प्रहरीका अनुसार , बा प्र ०२ २०२५ प ०४१० नम्बरको स्कुटरको पछाडि राई सडकमा खस्दा गम्भीर घाइते भएका छन् । उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज एवं शिक्षण अस्पताल (केएमसी)मा उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरेर राईलाई केएमसी लगिएको हो ।

नेपाल प्रेस डकटममा कार्यरत पत्रकार राई कला, साहित्यलगायतका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com