देउवाले कसलाई बनाउलान् स्वास्थ्यमन्त्री ?


काठमाडौं, सरकारले एक / दुई दिन भित्रै पूर्णता पाउने संकेत देखा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस अघि गृहमन्त्रीमा बालकृष्ण खाण, कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्रीमा जनार्दन शर्मा , ऊर्जा मन्त्रीमा पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्रीमा  उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् । संविधान अनुसार देउवाले अब थप १९ जनालाई मात्र मन्त्रिमण्डलमा समावेश गर्न सक्छन् । सरकारमा सहभागी हुने व्यक्तिको विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालले  व्यापक छलफल गरिरहेको छ । माधव नेपाल पक्षले सरकारमा सहभागी हुने विषयमा निष्कर्षमा पुगिसकेको छैन ।
शुक्रबारसम्ममा मन्त्रिमण्डल विस्तार हुने सम्भावना बढेको छ ।  मन्त्रीको संख्याको हिसाबले हेर्दा कांग्रेसले सरकारमा राज्यमन्त्री टिकाइरहन सक्ने अवस्था देखिँदैन । जसपाका उपेन्द्र यादवले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमा आउन जोडबल गरिरहेका छन् । प्रधानमन्त्री देउवाले खोप, खोप र खोप आफ्नो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालय आफैं राखेका छन् । उनले सुरुवा आर्थिक विवादमा नमुछिएका सालिन र स्वच्छ छविका ज्ञानेन्द्रबहादुर कार्कीलाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरे । कार्कीको भागमा परेको अर्थ मन्त्रालय माओवादी केन्द्रलाई दिनुपर्ने अवस्था आएपछि देउवाले उनलाई स्वास्थ्यमा ल्याउन खोजेका थिए । तर कार्की कानूनमा जान राजी भए । त्यसपछि उनले स्वास्थ्य आफै राखेर भरपर्दो व्यक्ति उमेश श्रेष्ठलाई राज्यमन्त्रीका रुपमा अघि सारे ।
खोप खरिदमा मन्त्रीहरू नै कमिसनको चक्करमा लागेर खोप नआएको विषयमा जानकार देउवाले कमिसनमा नलागी खोप खरिद गर्न साथ दिने व्यक्ति कार्कीपछि श्रेष्ठ नै फेला पारे । श्रेष्ठले आर्थिक प्रलोभन र अल्झनमा परेर खोप रोक्दैन भन्नेमा देउवा प्रस्ट भएकाले उनलाई नै मन्त्रीमा ल्याइएको बालुवाटार स्रोतको दावी छ ।
देउवाको खोप प्राथमिकताको स्पिरिटलाई बुझेर काम गर्न थालेकाले काम सन्तोषजनक देखिए श्रेष्ठलाई नै स्वास्थ्यमन्त्रीमा बढुवा ( नियुक्ति ) गर्ने मुडमा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतको भनाई छ । देउवालाई सरकारले निर्धारण गरेको तालिवा भित्रै खोप ल्याएर लक्षित समूहलाई लगाउनु छ । त्यसले पनि स्वास्थ्य मन्त्रालयमा उमेशलाई बढुवा गरेर त्यो काम प्रभावकारी ढंगले गराउने उनको उद्देश्य रहेको छ ।
स्वास्थ्य व्यापक आर्थिक चलखेल हुँदा महामारीमा समस्या पर्ने भएकाले लोभ लालचमा नफस्ने व्यक्ति खोज्दा श्रेष्ठ नै अहिलेको समयमा उपयुक्त रहेको ठहर गर्दै राज्यमन्त्री बनाइएको र २५ सदस्य मन्त्रिमण्डल भएकाले उनलाई स्वाथ्यको ‘फूल’ मन्त्री बनाउनुको विकल्प नरहेको बालुवाटार स्रोतको स्पष्टोक्ति छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com