विवादित स्वास्थ्य सचिव अर्यालको सरूवा


काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवादित सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरूवा भएको छ ।

स्वास्थ्यमा बस्दा विवादास्पद छवि बनाएका अर्याललाई सरकारले प्रधानमन्त्री कार्यालय तानेको हो ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आतंक मच्च्याउँदै आएका सचिव अर्याललाई प्रधानमन्त्री कार्यालयमा लगेको हो । सचिवको अर्यालले मन्त्रालयमा आईएनजीओहरूलाई हालीमुहाली गर्न दिएर आफ्ना कर्मचारीमाथि आतंक सिर्जना गर्दै आएको थिए।
स्वास्थ्य सचिवमा अर्यालको आगमनसँगै मन्त्रालयका महत्त्वपूर्ण कोठाहरू, फाइल तथा संवेदनशिल काम आईएनजीओलाई सुम्पने काम भएको थियो ।
सचिव अर्याललको आतंकको यतिसम्म मच्चिएको कानून उल्लंघन गर्दै आईएनजीओका कर्मचारीलाई महत्त्वपूर्ण कोठा सुम्पेर सहसचिवस्तरका मन्त्रालयका कर्मचारीलाई काम परको कुरा हो बस्ने ठाउँसमेत दिएका थिएनन् ।
उनले मन्त्रालयमा पत्रकारलाई सूचनाको पहुँच दिन रोक्न मात्र होइन मन्त्रालय प्रवेशमा नै कडाई गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए ।
सचिव अर्यालले मन्त्रालयको महत्त्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखा दुई महिनादेखि खाली राखेर आईएनजीओसहितका अन्य दातृ निकायसँग सीधै डिल गर्ने गर्दै आएका थिए । उनले तीन महिनादेखि साेही महाशाखामा दरबन्दी भएका डा.  प्रकाश शाहलाई फाजिलमा राखेर आफैंले डिल गर्दै आएका थिए । त्यो ठाउँमा अस्पतालको मेसु ल्याएर राखे ।
सचिव अर्यालले मन्त्रालयका तीववटा महाशाखा, प्रशासन जनसंख्या र स्वास्थ्य  समन्वयको जिम्मा प्रशासनकी शैलजा रेग्मीलाई दिएको विषयमा समेत आलोचना हुँदै आएको छ ।
स्वास्थ्यमा प्राविधिक महाशाखा प्रमुख दुई जना हुँदाहुँदै प्रशासनकी शैलजालाई दिने कुरा रहस्यमय भएको स्वास्थ्यका कर्मचारीहरुको भनाई छ ।
देशको नीति, निर्माण तथा निर्णयदेखि नागरिकको संवेदनशिल डाटामासमेत आईएनजीओलाई पहुँच दिएका सचिव अर्यालले आफ्ना कर्मचारीलाई भने सौतेनी व्यवहार गर्दै आएका थिए ।
अर्यालले प्रशासन मन्त्रालयसँग सेटिङ गरेर स्वास्थ्यको प्राविधिक सचिवको दरबन्दी नै होल्ड गरिदिए । चौतर्फी दबाबपछि भने दरबन्दी फेला पऱ्यो र स्वास्थ्यमा प्राविधिक सचिव बन्न बाटो खुल्यो अनि डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त भए ।
पछिल्लो समयमा त खोप लगाउनका लागि  मन्त्रालयले संकलन गरेको नागरिकको महत्त्वपूर्ण र संवेदनशिल  डाटा आईएनजीओको पोल्टामा पुऱ्याउने काममा सचिव अर्यालको विशेष भूमिका रह्यो ।
भारतबाट किन्न खोजेको कोभिसिल्ड खोपमासमेत सचिव अर्याल बिचौलियासँग मिलेर कमिसन खेलमा लागेर खोप खरिद पक्रिया बिथोलेको आरोप लाग्दै आएको छ ।
अर्यालकी धर्मपत्नी सहसचिव निता अर्याल पोखरेल भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर रहेकाले सचिव अर्यालले त्यहिँबाट खोप खरिदमा सेटिङ गर्न खोजेको आरोप लागेपनि छानबिन हुन सकेको छैन ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com