स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने


काठमाडौं नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीको हैसियतमा सरकारबाट पाउने गाडी, इन्धन, आवासलगायतका कुनै सुविधा नलिने निर्णय गरेका हुन् ।

उनले आफ्नै निजी गाडीमा मन्त्रालयको प्लेट हालेर चलाउन कानून अल्झन नरहेकाले निजी गाडीमा त्यो मन्त्रीको गाडीमा रहेको नम्बर प्लेट हालेर चढ्ने भएका हुन् ।

यसबाट मन्त्रीलाई राज्यबाट दिँदै आएको सवारी साधन, इन्धन आवासलगायतको लाखौँ रकम जोगिने भएको छ ।

आफू संलग्न भएका निजी अस्पतालम शुल्क सरकारी भन्दा सस्तो बनाउने घोषणा गरेका मन्त्री श्रेष्ठले आजबाटै अन्य सरकारी सुविधा पनि त्यागेका छन् ।

उनले राज्यबाट लिने भन्दा पनि राज्यलाई दिने उद्देश्यले काम गर्न थालेका छन् ।

राज्यमन्त्री श्रेष्ठले निजी स्वास्थ्य संस्थामा आफ्नो आबद्धता अहिले परित्याग गरेको घोषणासमेत गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com