मन्त्रालय कब्जा गर्ने आईएनजीओकर्मीलाई पदक दिलाउन सिफारिस


काठमाडौं ।  स्वास्थ्य मन्त्रालय कब्जा जमाएर बसेका आईएनजीओकर्मीलाई मन्त्रालयले पदक दिलाउन सिफारिस गरेको खुलेको छ । तत्कालीन् स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जाँदाजाँदै मन्त्रालयमा कब्जा जमाएर बसेको एनएसएसपीमा कार्यारत डा. सुशील बरालको नाम पदकका लागि विभूषण समितिमा सिफारिस गरेको तथ्य फेला परेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारी भन्छन् बराल आईएनजीओकर्मी मात्रै हैनन् उनी मन्त्रालयकै भित्रिया व्यक्ति हुन् । उनको स्वास्थ्य क्षेत्रमा छुट्टै प्रभाव छ । बरालको अगाडि सरकारी कर्मचारी शिर झुकाएर हिड्छन् ।

आईएनजीओको पैसामा मस्ती गरिरहेका सुशील बराल नेपालको सबै भन्दा मँहगो कन्सल्ट्यान्ट भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनी तीनवटा संस्थामा आवद्ध छन् । महिनामा १३ लाख रुपैयाँ बढी तलब खाने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बरालले हर्ड नामक संस्थामार्फत स्वास्थ्यमा आफ्नो साम्राज्य खडा गरेका छन् । सरकारी च्यानलमार्फत आउनुपर्ने डिफिड र ब्रिटिस एम्बेसीको पैसा सरकारी कर्मचारीहरूसँगको मिलेमतोमा हर्ड नामक संस्थामार्फत ल्याएर चलाएका छन् । सुशील बरालको सरकारमा प्रवेश विन्दु भनेकै एनएचएसएसपी हो ।

‘विश्व स्वास्थ्य संगठनका एक अधिकारीले भने, बरालले सबै गलत काम नगर्लान् तर, आफूलाई अरू भन्दा अब्बल देखाउन केही कुरा म्यानुपूलेट गर्छन् गर्दै आएका छन् ।’ बरालको देखासिकी गरेर एनजीओ/आइएनजीओले मन्त्रालयको सिस्टम नै घुमाएका छन् । यसको मुख्य योजनाकार उनै बराल हुन् ।

बराल स्वास्थ्य मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रमदेखि दातृ निकाय सहभागी हुने सबै जसो कार्यक्रममा होस्टको रुपमा देखिएका हुन्छन् । अझ गज्जबको कुरा त के छ भने अरूलाई प्रभावमा कसरी पार्नुपर्छ भनेर जानेका बराल यस्ता कार्यक्रममा दौरा सुरुवालमा सजिएर जाने गरेका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी सुटमा जादा उनी दौरा सुरुवालमा हुन्छन् ।

सरकारी कार्यक्रम देखि दातृनिकाय सँगको कार्यक्रममा समेत एनजीओ/आइएनजीआको कर्मचारी घुसाउनुलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले राम्रो मानेका छैनन् । स्वास्थ्य मन्त्रालयसँग हावर्ड विश्वविद्यालय , बुढानिलकण्ठजस्ता अन्तराष्ट्रिय स्तारका विद्यालय पढेका कर्मचारी छन् ।

विश्व स्वास्थ्य संगठनका ती कर्मचारीले भने, ’आफ्नो भाषा नेपालीमा बोल्दा हुन्छ अंग्रेजीमा बोल्नु पर्छ भन्ने छैन । तर, आफू कमजोर देखाएर एनजीओ÷आइएनजीओलाई सबै अधिकार सुम्पनु राम्रो हैन ।’,

बरालसँगै अर्का निक साइमनका आईएनजीओकर्मी डा. मोहम्मद काशिम शाहलाई पनि पदकका लागि सचिव अर्यालले नाम सिफारिस गरेर हिडेको पाइएको छ । निक साइमन पनि स्वास्थ्य मन्त्रालयमा प्ररशासनिक हस्तक्षेप गर्दै आएको आईएनजीओ हो । उसले मन्त्रालयका हरेक गतिविधिको रेकर्ड राखी बार्गेनिङ गर्न आफ्ना दुई कर्मचारीलाई गुणस्तर महाशाखामै राखेको छ । निक साइमनका कर्मचारीलाई तत्कालीन् सचिव अर्यालले टिप्पणी उठाउने, फाइल सदर गराउने र पत्र बनाउन जस्ता सरकारी कर्मचारीले गर्नुपर्ने प्रशासनिक कामको जिम्मा लगाउँदै आएका थिए ।  अहिले पनि त्यो हस्तक्षेप जारी छ ।

युएसएडका वरिष्ठ स्वास्थ्य सल्लाहकार नूर पन्तको नाम पनि पदकका लागि विभूषण समितिमा सिफारिस गरेर पठाईएको पाइएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनिसेफका प्रतिनिधि श्री मिस्टर इल्केविस र विश्व स्वास्थ्य संगठनका सुशीलचन्द्र लेखकलाई पनि राष्ट्रपतिबाट दिईने पदकका लागि सिफारिस गरेर सचिव अर्याल हिडेका छन् ।

यता निजी क्षेत्रबाट होङसी सिमेन्ट प्रालिका मिस्टर जेहाङ नेहाउ, सिजी फाउण्डेसनका महेश नकर्मी ,नेपाल एम्बुलेन्स सर्भिसका रन्जित आचार्य र शंकर अक्सिजन प्रालिका शंकर अग्रवाललाई पनि पदकका लागि सिफारिस गरिएको छ । शंकर अक्सिजन प्रालिले भने कोरोना महामारीको समयमा भारतदेखि लुकाएर अक्सिजन ट्यांकर ल्याई नेपालीको ज्यान बचाउन सहयोग गरेको थियो ।

नेपाल सरकारले संविधान दिवसको अवसर पारेर गर्दै आएको विभूषित हुने व्यक्तिका लागि स्वास्थ्य मन्त्रालयले १३७ जनाको नाम सिफारिस गरेर गृह मन्त्रालयको विभूषण शाखामा पठाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले हरेक वर्ष विभिन्न क्षेत्रमा व्यक्तिहरुलाई विभूषित गर्दै आएको छ । स्वास्थ्यले पठाएको यो नाम विभूषण समितिले थपघट गर्न सक्छ । बरालले प्रशासनिक काममा हस्तक्षेप गर्दै आएकाले उनको नाम विभूषित हुनेको सूचीमा समावेश नगर्न स्वास्थ्यका अधिकारीहरूले विभूषण समितिसमक्ष आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्‌को बैठकले हिजो मात्र राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका प्रतिष्ठित व्यक्तिहरुमध्येबाट ६ जनालाई विभूषण समितिमा सदस्यको रुपमा नियुक्ति गरेको छ ।

सिफारिस हुने आईएनजीओकर्मी

डा. सुशील बराल, एनएचएसएसपी/ हार्ड

डा. मोहम्मद काशिम शाह, निक साइमन

श्री मिस्टर जेहाङ न्हाउ, होङसी सिमेन्ट प्रालि

श्री महेश नकर्मी, सिजी फाउण्डेसन

श्री रन्जित आचार्य, नेपाल एम्बुलेन्स सर्भिस

श्री मिस्टर इल्केविस, प्रतिनिधि युनिसेफ

श्री सुशीलचन्द्र लेखक, डब्लुएचओ

श्री नूर पन्त , वरिष्ठ स्वास्थ्य सल्लाहकार युएसएड

श्री शंकर अग्रवाल, शंकर अक्सिजन प्रालि

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com