वीपीका पदाधिकारी हटाउने सहमति


 

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउने सहमति भएको छ । प्रतिष्ठानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भएको सहमतिमा चारै जना पदाधिकारी हटाउने सहमति भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को (घ) मा भएको व्यवस्था अनुसार पदाधिकारी हटाउने प्रक्रिया आजैबाट सुरू गर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै पदाधिकारी नियुक्ति मापदण्डको कार्यविधि बनाउने सहमतिसमेत भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग सम्बन्धी अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधीन मुद्दा तथा उजुरीको कारबाहीको प्रक्रिया बुझी सीघ्र कार्य फस्यौटका लागि मन्त्रालयले सहजिकरण गर्नेलगायत ६ बुँदे सहमति भएको हो । अवरुद्ध सेवा आजैबाट सञ्चालन हुने छ ।

सम्झौतापत्र

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com