वीर अस्पताल: सर्जिकल भवन नयाँ, ताल पुरानै


काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवन बनेपनि ताल पुरानै देखिन थालेको छ । कुनै घर अथवा कार्यालयको सभ्यता हेर्न शौचालय (ट्वाईलेट) हेर्नु भन्ने गरिन्छ । तर वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनले वीर अस्पतालभित्रै अझै सभ्यता छिरेको छैन भन्ने संकेत गर्छ ।

वीर अस्पताल अगाडिको ढल व्यवस्थापन नसक्दा दह बनेर आवतजावत गर्न समस्या पर्ने गरेको छ ।

पुरानो र नयाँ भवनबीचमा रहेको बाटोमा पार्किङ गरेर महानगरले पैसा उठाइरहेको छ ।

सरसफाइकर्मीलाई फोहोर व्यवस्थापन गर्न पनि समस्या देखिन्छ । बाटोमा अवरोध हुने भएकाले फोहोरको ट्रली बोकेर हिड्ने सरसफाइकर्मी घण्टौं बाटोमा रोकिनु पर्ने अवस्था छ ।

नयाँ भवन बनाएको वीर अस्पतालले त्यो भवनमा नयाँ सोच र व्यवस्थापन गर्ला भन्ने अपेक्षा थियो । तर शौचालयले नै पुरानै तौरतरिका र सोचमा वीर अस्पताल व्यवस्थापन अगाडि बढिरहेको पस्ट हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com