सुनसरीमा छैन कोरोनाको त्रास: न भौतिक दूरी न मास्क


इनरूवा ।  सुनसरी जिल्लाको सदरमुकाम इनरूवा संगुवागाछी चौकको अवस्था हेर्दा नेपालमा कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएको थियोर भने जस्तो छ ।

विज्ञहरूले मानिसहरूको लापरबाहीको कारण कोरोना भाइरस नयाँ स्वरूपमा फैलने चेतावनी दिइरहँदा सुनसरीको इनरूवा नै त्यो भाइरस फैलने स्रोत त बन्ने होइन भन्ने प्रश्न उठेको छ ।

भीडभाड हेर्दा मानिसहरुले कोरोनाको अवस्था मात्र बिर्सेका छैनन् न त मानिसहरूले मास्क लगाएका छन् न भौतिक दूरी कायम गरेका छन् । चटपटे पसलदेखि सैलुनसम्मको अवस्था हेर्दा मानिसहरूले कोरोना भाइरसको महामारीलाई चटक्कै भुलेको देखिन्छ ।

Inaruwa

मास्क नलगाइ र भौतिक दूरी कायम नगरी चौक-चौकमा मान्छेहरु गफ चुटेर बसिरहेको भेटिन्छ ।

सैलुनदेखि सुपरमार्केटसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको देखिँदैन । यस्तो अवस्था हेर्दा विज्ञहरूले चेतावनी दिए जस्तै कोरोनाले नयाँ रूप नलेला भन्न सकिन्न ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ९२ जनामा कोरोना संक्रमण र १४ जनाको मृत्यु भएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com