खोप खरिद गर्न छुट्याएको २६ अर्ब स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड १९) विरुद्धको खोप खरिद गर्न राखेको २६ अर्ब रुपैयाँ रकम स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको छ ।

यस अगाडि खरिदमा आफ्नो प्रभाव जमाउन मन्त्रालयले विभागमा जाने रकम आफैंले राखेको थियो । तर अहिले खोप खरिदका लागि छुट्याएको सबै रकम मन्त्रालयले विभागलाई एकमुष्ट दिएको हो ।
दिनहुँ फायल बोक्दै आवश्यक रकम माग्न विभागका कर्मचारी मन्त्रालय धाउन थालेपछि स्वास्थ्य मन्त्रालयले कोरोना खोप खरिदका लागि राखेको सबै रकम विभागमै हस्तान्तरण गरेको छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न अर्थ मन्त्रालय फायल पठाएको छ ।
अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै खोप खरिद गर्न राखेको २६ अर्ब बजेट विभागमै जाने भएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बजेटले साढे ३७ अर्ब रुपैयाँ छुट्ट्याएको छ । त्यस्तै खोप सबै योग्य नागरिकलाई दिनका निम्ति बजेटले २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको छ ।

खोप खरिदका लागि छुट्याएको बजेटमा नियन्त्रण गर्दै आएको मन्त्रालयले अब विभागले नै खर्च गर्न सक्नेगरी हस्तान्तरण गर्न प्रक्रिया अघि बढाएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com