जर्मन सरकारले नेपाललाई साढे ४१ लाख डोज खोप दियो


काठमाडौं ।  जर्मन सरकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई साढे ४१ लाख डोज खोप सहयोग गरेको छ ।

नेपाललाई कोभ्याक्स सुविधामार्फत जर्मनीले ४१ लाख ४२ हजार २ सय ५० डोज खोप सहयोग गरेको हो । जोन्सन एण्ड जोन्सन र मोर्डना गरेर जर्मन सरकारले करिब साढे ४१ लाख डोज खोप सहयोग गरेको हो ।

जर्मन सरकारले काेभ्याक्स सुविधामार्फत माेर्डना १९ लाख ६५ हजार ६ सय माेर्डना अस्ति आईतबार आइसकेको छ । त्यस्तै २१ लाख ७६ हजार जाेन्सन एण्ड जोन्सनको खोप आज आइपुगेको हो ।

यता स्वास्थ्यमन्त्री विराेध खतिवडा जर्मनीकाे सरकासँग सहकार्य गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् । २१ लाख डाेज माेर्डना खाेप प्राप्त भएको भन्दै उनले लाभदायीहरुमा पुर्याउने बताए । दुई दिनपछि खाेप उपयाेगमा ल्याउने बताउँदै मन्त्री खतिवडाले भूकम्पमा पनि विभिन्न स्थानमा स्वास्थ्य संस्था निर्माणमा सहयोग गरेकाेमा धन्यवाद दिए । जर्मन सरकार र जर्मनीका नागरिकसँगकाे सहकार्य सधै निरन्तर रहाेस् भन्ने उनको धारणा छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com