डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्ने सरकारको तयारी


काठमाडौं । सरकारले डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डडेलधुरामा सरकारी मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा.गोविन्द केसीले पूर्वको इलाम, उदयपुर र सदूरपश्चिमको डडेलधुरामा सरकारी मेडिकल सरकार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यहीँअनुसार मन्त्रिपरिषद्को बैठकले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति प्रदान गर्ने  निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको इन्ट्रेष्ट र चिकित्सा शिक्षा सुधारका अभियान्ता केसीको अभियान डडेलधुरामा सरकारले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ भन्नेमा रहेकाले चाँडै डडेलधुरामा सरकारी मेडिकल सञ्चालनको लागि प्रक्रिया अघि बढ्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको विश्वास छ । सुदूरपश्चिममै अर्का गेटा मेडिकल कलेज बनाउने प्रक्रिया पनि यसअघि देउवाकै चाहनामा अगाडि बढेको थियो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## गेटा मेडिकल कलेज, ## डडेलधुरा मेडिकल कलेज, ## प्रधानमन्त्री देउवा, ##प्राडा गोविन्द केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com