सरकारले परिचयपत्रबिनै नागरिकलाई कोरोना खोप लगाइदिने
 
	
                                            काठमाडौं । सरकारले परिचयपत्र(आईडी) बिनै सबैलाई खोप लगाइदिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र नभएका नागरिकहरू कोभिड-१९ विरुद्धको खोप लगाउन बञ्चित भएको भन्दै परिचयपत्र नभएकालाई पनि खोप लगाइदिने भएको हो । अब कोरोना खोप लगाउन कुनै परिचयपत्र आवश्यक नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट खोप लगाउन परिचयपत्र नभएपनि हुने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
नागरिक, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन बन्चित भएको पाइएपछि स्वास्थ्य मन्त्रालयले परिचयपत्रबिनै खोप लगाउन सक्ने बाटो खुला गरिदिएको हो ।
क्याटेगोरी : समाचार

 
                            
                             
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस