स्वास्थ्यको बाह्रौं तह प्रमुख विशेषज्ञमा डा.संगिता !


काठमाडौं ।  स्वास्थ्य सेवाको बाह्रौं तहको प्रमुख विशेषज्ञ रिक्त एक पदमा डा. संगिता कौशल मिश्राको बढुवा हुने प्रवल सम्भावना देखिएको छ । अघिल्लो पटक रिक्त ३ पदमा चौथो नम्बरमा परेर बढुवाको मुखबाट बाहिरिएकी डा. मिश्रा यस पटक प्रमुख दावेदारका रुपमा रहेकी छिन् ।

प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीको सेवा अवकाशपछि रिक्त रहेको सो पदका लागि आइतबार स्वास्थ्यको बढुवा समितिले सूचना जारी गरेको छ । १५ दिनको समय दिएर बढुवाका लागि अवधि पूरा भएका स्वास्थ्य अधिकारीहरुसँग निवेदन माग गरिएको छ ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार डा. मिश्रा बाह्रौ तहको पहिला दावेदार हुन् । स्वास्थ्य लाइभले पछिल्लो कार्य सम्पादन मूल्यांकन हेर्दा पनि मिश्रा सबैभन्दा अगाडि छन् । यदि उनले इच्छाएको खण्डमा यस पटक मन्त्रालयको प्रवक्ता समेत रहेकी डा. मिश्रा प्रमुख विशेषज्ञ सिफारिस हुने ती अधिकारीले बताए ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ को (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालयले सूचना निकालेको हो । २०७८ साल अषाढ मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिम सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुलाई १५ दिनभित्र कर्मचारी प्रशासन शाखामा व्यक्तिगत विवरण पेश गर्न सूचनामा भनिएको छ ।

मन्त्रालय स्रोत भन्छ, ‘बाह्रौं तहको एउटा पदमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगिता कौशल मिश्रा, र डा. श्रीकृष्ण श्रेष्ठ दावेदार छन् ।’, उनीहरु अघिल्लो पटक ५ जनाको नाम सिफारिस हुँदा तीन र चार नम्बरमा परेकाले अहिले स्वत: दुवै जनाको नाम सिफारिस हुने मन्त्रालय स्रोतको दाबी छ।

अघिल्लो पटक तीनै जना पुरुष सिफारिस भएकाले यस पटक महिला हुने सम्भावना पनि देखिएको छ । यदी मिश्रा प्रमुख विशेषज्ञमा सिफारिस भए हालका सचिव डा. रोशन पोखरेल पछिको स्वास्थ्य सचिव उनै हुने अधिकारीहरुको आंकलन रहेको छ । डा. मिश्रा स्वास्थ्य सेवामा निकै चलाख कर्मचारीको रूपमा परिचित छिन् ।

यता बाह्रौं तह बढुवाका लागि दाबी गर्नेमा डा. कृष्णप्रसाद पौडेल, डा. संजय कुमार ठाकुर, डा. दिप थापा मगर,  डा. सुधा देवकोटा डा. आमिर बाबू श्रेष्ठ, डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, डा. रघुनन्दन ब्याजु, डा. विकास देवकोटा,डा. टंक प्रसाद बाराकोटी, डा. प्रभा चापागाईं कोइराला, प्रा गोमा देवी निरौला, डा. शैली प्रधान, डा. सुदेश सुवेदी, डा. सुनिलराज शर्मा योग्य भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## स्वास्थ्य सचिव, ##डा रोशन पोखरेल, ##डा संगिता मिश्र, #डा. कृष्णप्रसाद पौडेल, #डा. विकास देवकोटा, #डा. श्रीकृष्ण श्रेष्ठ, #बढुवा, #बाह्रौं तह ( प्रमुख विशेषज्ञ ), #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com