प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा स्वास्थ्य कुटनीतिमा सक्रिय


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतको तीनदिने औपचारिक भ्रमणमा पुगेकी प्रधानमन्त्री पत्नी आरजु देउवा राणा दिल्लीमा स्वास्थ्य कुटनीतिमा सक्रिय  भएकी छिन् । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रामपदार्थ (आरपी) बिच्छा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका चिकित्सक शैल रुपाखेतीलाई साथमा लिएर उनले स्वास्थ्य कुटनीतिमा सक्रियता देखाएकी हुन् ।

आरजुले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न हात अगाडि बढाएकी हुन् । प्रधानमन्त्री पत्नीको हैसियतमा दिल्ली पुगेकी डा. आरजुले स्वास्थ्य कुटनीतिमा उपस्थिति देखाउँदै नेपालमा पनि ‘डेडिकेटेड’ अस्पताल र जनशक्ति तयार पार्न सहयोगका लागि एआइआइएमएसका पदाधिकारीलाई अनुरोध गरिन् ।

मातृत्व सञ्जालमार्फत नेपालमा यो क्षेत्रमा सक्रिय रहँदै आएकी आरजुले प्रधानमन्त्री देउवाको भारत भ्रमणको समय उपयोग गर्दै स्वास्थ्य कुटनीतिमार्फत सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्यको हात अगाडि बढाउन प्रयास गरेकी हुन् ।

उनले नेपाल सुदूरपश्चिम क्षेत्रमा एआइआइएमएसको सेवा पुर्‍याउन  कुटनीति पहल समेत गरेकी छिन् । गैरसरकारी संस्थामार्फत नेपालका सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सक्रिय रहँदै आएकी आरजुले भारतमा पुगेर स्वास्थ्य कुटनीतिमार्फत नेपालको हितमा कुरा गर्न भ्याइन् ।

नेपालकी प्रथम महिलाले स्वास्थ्य कुटनीतिमा सक्रियता देखाएकोमा एआइआइएमएसका पदाधिकारी पनि दंग परेका छन् । एआइआइएमएसका निमित्त निर्देशक प्रा.डा. नीना खन्नाले डा. आरजुको प्रशंशा गर्दै नेपालमा पनि उक्त क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरिन् ।

भारत भ्रमणमा प्रधानमन्त्री पत्नी डा. आरजु देउवाले राजनीतिक कुटनीतिमा मात्रै नेपाललाई सीमित नराखेर, धार्मिक तथा सांस्कृतिक कुटनीति र स्वास्थ्य कुटनीतिमा पनि जोड्ने प्रयास गरेकी छिन् । एआइआइएमएसमा भएको कार्यक्रम र वनारस भ्रमण त्यसैको कडी भएको चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रामपदार्थ (आरपी) बिछाले नेपालमा तत्काल एउटै भए पनि एआइआइएमएस स्थापना गर्न सके ठूलो उपलब्धि र सहकार्य हुने धारणा राखेका छन् ।

नेपाललाई स्वास्थ्य कुटनीतिसँग जोड्ने एआइआइएमएसमा आयोजित कार्यक्रममा नेपाल र भारतबाट स्वास्थ्य क्षेत्रमा स्थापित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवासहित भारत भ्रमणमा रहेकी आरजु आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, समाचार
ट्याग : ## डा. आरपी बिच्छा, #डा. आरजु राणा देउवा, #डा. शैल रुपाखेती, #प्रधानमन्त्री शेरबहादुर देउवा, #भारत भ्रमण, #स्वास्थ्य कुटनीति

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com