काठमाडौंमा थप एक जनामा हैजा पुष्टी, बिरामीको संख्या १७ पुग्यो


काठमाडौं। काठमाडौं उपत्यकामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको छ ।

कागेश्वरी मनोहरामा शुक्रबार एक जनामा हैजा देखिएको टेकु स्थीत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुम्मन लाल दासले बताएका छ ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ ।

हैजाको मुख्य स्रोत पानी देखिएको रहेको छ । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको भेटिएको डा। दासले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #हैजा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com