आजबाट दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’


काठमाडौं । आज नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ सुरु हुँदैछ ।

बबरमहलस्थित कार्की ब्याङ्कौटमा दिउँसो ३ बजे दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ उद्‌घाटन हुने  कार्यक्रम तय भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’२०२२ को उद्‌घाटन गर्ने कार्यक्रम तय भएको हो ।

नेपाल चिकित्सक संघकाको आयोजनामा आज र भोलि दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ हुन लागेको हो ।  नेपाल चिकित्सक संघको नेतृत्वमा डा. कार्की आइसकेपछि ‘एनएमए नेसनल हेल्थ समिट’को नयाँ कार्यक्रम सुरुवात गरेका हुन् । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा ‘एनएमए नेसनल हेल्थ समिट’ले विशेष योगदान पुर्‍याउने डा. कार्कीको विश्वास छ । यो समिटको नेतृत्व डा. चन्दा कार्कीले गरेकी छिन् ।

दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’लाई सफल पार्न नेपाल चिकित्सक संघको टिम निरन्तर लागिपरेको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #‘एनएमए नेसनल हेल्थ समिट’, ##शेर बहादुर देउवा, #अध्यक्ष डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ(एनएमए)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com