स्वास्थ्य सदनसहित भद्र घलेले हडपेको सरकारी जग्गा महानगरले छुट्यायो


काठमाडौं । स्वास्थ्य सदनसहित पूर्वमन्त्री भद्र कुमारी घलेले हडपेको सरकारी जग्गाका काठमाडौं महानगरपालिकाले महानगरले छुट्याएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्देशनमा भद्र घलेले हडपेको सरकारी जग्गा छुट्याएको हो ।

स्वास्थ्य लाइभले भद्र घलेले हडपेको सरकारी जग्गाको तथ्य सार्वजनिक गरेपछि बालेन डोजर लगाउन तातिएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडासचिव सुवोध खड्काका अनुसार नापीका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय वासिन्दाको रोहबरमा भद्र घलेले हडपेको सरकारी जग्गा रेखाङ्कन गरिएको हो  । नापीका प्राविधिकले उक्त सरकारी जग्गा रेखाङ्कन  उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित करिब ७ रोपनी सरकारी जग्गा भद्र कुमारी घलेले हडपेको देखिन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारका अनुसार भद्र घलेले मासिक झन्डै ३ लाख भाडा उठाउने गरेको फेला परेको छ ।

भद्र कुमारी घलेले कब्जा गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगर धोबीखोला करिडोरको कित्ता नम्बर १२, १३, २२२, २२३, २२५ र २२६ मा रहेको करिब ७ रोपनी सरकारी जग्गा छुट्याएलगत्तै डोजर लगाउने महानगरपालिकाको तयारी छ । यता मेयर बालेन भने जसरी पनि भद्र घलेले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा डोजर लगाएर सुन्दर पार्क बनाउने परिकल्पनामा छन् ।

उक्त सरकारी जग्गामा भद्र कुमारी घलेले शिक्षा सदन, कृष्ण सार्वजनिक स्वास्थ्य सदन, पाहुना घर मात्र होइन अन्य भवन र संरचनामा सटर हालेर भाडा खाइरहेको देखिन्छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पटकपटक वडा कार्यालयसँग जवाफ मागेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com