हुलकाबाट छिरेका सूर्यबहादुर अवकाश भए, रघुराम अवकाशको मुखमा, छविलाल गृहमा जमे


काठमाडौं। २०५३ सालमा हुलाक सेवाको अधिकृत हुँदै प्रशासनमा छिरेका सहसचिव सूर्यबहादुर खत्रीले अनिवार्य अवकाश पाएका छन्। ५८ वर्षे उमेर हदका कारण खत्री १० (बुधबार) गतेबाट घर गएका हुन्। वैदेशिक रोजगार विभागका महानिर्देशकबाट मन्त्रालय तानिएका सहसचिव खत्रीको सरकारी सेवाबाट अपमानजनक ढंगले बर्हिगमन भएको छ। हुलाकबाट प्रशासन तर्फ ‘सिफ्ट’ भएर सहसचिवबाट उनी घर गएका हुन्। अघिल्लो आर्थिक वर्षमा मात्र खत्री नेपाल प्रशासन सेवाको सहसचिवमा बढुवा भएका थिए।

सूर्यबहादुरसँगै हुलाक सेवाको शाखा अधिकृत बनेका रघुराम विष्ट अवकाशको मुखमा छन्। गण्डकी प्रदेश प्रमुख सचिव रहेका रघुराम यहीँ जेठ २४ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जाँदैछन्। हुलाकको अधिकृतबाट आउनेमा ‘ब्याची’मा रघुराम विशिष्ट श्रेणीमा पुग्ने एक्ला व्यक्ति हुन्। उनी पनि अवकाशको संघारमा रहेका छन्।

सूर्यबहादुर र रघुरामसँगै हुलाक सेवाको अधिकृतबाट प्रशासनमा छिरेका छविलाल रिजाल अहिले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छन्। झापा, तनहुँ, सुर्खेत जस्ता जिल्लाको सिडिओ चलाइसकेका हुलाक सेवाको अधिकृतबाट आएका सहसचिव छविलाल अझै ५ वर्ष सरकारी सेवामा रहनेछन्। अवकाशको उमेर हद ६० वर्ष पुगे उनको घर जाने दिन पनि लम्बिने छ।

सूर्यबहादुर, रघुराम र छविलालसँगै हुलाक सेवाको अधिकृत बनेका अन्जनकुमार मिश्र सहसचिवबाट घर गइसकेका छन्।शंकरबहादुर विष्ट, प्रल्हादप्रसाद पुडासैनी, झलकराम सुवेदी, देवबहादुर अधिकारी, डिल्लीराम बास्तोला र जनार्दन भट्टराई उपसचिवबाट अवकाशमा गएका छन्। हिरालाल चौधरी भने उपसचिवमै कार्यरत छन्। सूर्यबहादुर घर गएसँगै रघुराम, छविलाल र हिरालाल सरकारी सेवामा बाँकी रहेका हुन्। उनीहरूसँगै वैकल्पिकमा परेका गोविन्दप्रसाद अधिकारी अहिले सहसचिवमा बढुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्किएका छन्।

हुलाकबाट आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह पनि यहीँ वैशाख २५ गते घर जाँदैछन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #छविलाल रिजाल, #रघुराम विष्ट, #सचिव रघुराम विष्ट, #सूर्य बहादुर खत्री, #हिरालाल चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ