रेशम चौधरीलाई पक्राउ गराउने सर्वोच्चका शाखा अधिकृत विष्ट प्रहरी हिरासतमा

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीलाई पक्रर्न प्रहरीलाई पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी हिरासतमा पुगेका छन्। रेशमलाई पक्राउ गर्न आफुखुसी प्रहरीलाई पत्र लेख्ने विष्ट प्रहरी हिरासतमा पुगेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई थुनामुक्त गर्न सर्वाेच्चको पत्र प्रहरीसमक्ष पुगेसँगै विष्ट प्रहरी हिरासतमा पुगेका छन्। रेशमलाई पक्राउ गर्न पत्र लिएर प्रहरीकहाँ पुगेका शाखा अधिकृत विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा शाखा अधिकृत विष्टले प्रहरीलाई पत्र लेखेर चौधरीलाई पक्राएका थिए। चौधरीलाई पक्राउने उक्त पत्र कसको निर्देशनमा विष्टले काटेका हुन् त्यो समेत छानबिनको विषय हो। उनले ‘माने मान नमाने महिमान’ कै शैलीमा प्रहरीलाई पत्राचार गरेको पाइएको छ।
विष्ट कञ्चनपुर जिल्ला अदालतको निमित्त श्रेष्तेदार हुँदा समेत विवादमा तानिएका थिए। उनी फेरि विवादमा तानिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस